काठमाडौंमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान

काठमाडौंमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान २०८१ सुरुआत गरिएको छ ।  गोङ्गबुस्थित नयाँ बसपार्कमा आयोजित कार्यक्रममा आज उक्त अभियानको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले शुभारम्भ गरे । 

प्रहरी अतिरीक्त महानिरीक्षक बज्राचार्यले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेर चाडपर्वलाई सुरक्षित बनाउन सकिनेमा जोड दिए । अभियानअन्तर्गत यात्रु सहायता कक्ष सञ्चालन, चालक परिचालक लक्षित स्वास्थ्य शिविर, लामो तथा छोटो दूरीका चालकलाई सम्मान कार्यक्रम र ‘नो भ्वाइलेसन, नो पेनाल्टी’ लेखिएका स्टिकर टासेर कार्यक्रम सुरु गरिएको हो । 

त्यसअवसरमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कानुन विपरीत कार्य गर्ने सबैलाई निर्ममतापूर्वक कारबाही गरिने बताए । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको र यात्रामा कुनै समस्या भएमा यात्रु सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरे ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले सबै चालक एवं सडक प्रयोगकर्ताले सडक र सवारी नियम पालना गरे मात्र यात्रा सुरक्षित रहने र सडकमा ट्राफिक प्रहरीको परिश्रम हाम्रै लागि हो भन्ने मनन गर्दै ट्राफिक नियम र सडक अनुशासन पालना गर्न आग्रह समेत गरे ।

यातायात व्यवस्था विभागका निर्देशक ईश्वरीदत्त पनेरुले सार्वजनिक यातायात क्षेत्रमा अनुशासनलाई मात्रै ध्यान दिन सके धेरै कुरामा सुधार आउने बताए । कार्यक्रमकै अवसरमा सात जना उत्कृष्ट चालक र दुई जना परिचालक बस होस्टेजहरुलाई समेत सम्मान गरिएको थियो । त्यस अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरे ।

सम्बन्धित समाचारहरू

२० वर्ष पुराना सवारी साधनको करमा अब ९० प्रतिशत छुट, बागमतीमा आयो यस्तो व्यवस्था

२० वर्ष पुराना सवारी साधनको करमा अब ९० प्रतिशत छुट, बागमतीमा आयो यस्तो व्यवस्था

काठमाडौं – २० वर्ष पुराना सवारी साधन छन् र कर तिर्न बाँकी छ भने अब ९० प्रतिशत...

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तयारी, सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तयारी, सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा...

उपत्यकामा आज बिहानैदेखि यातायात ठप्प, यात्रुहरुको बिचल्ली

उपत्यकामा आज बिहानैदेखि यातायात ठप्प, यात्रुहरुको बिचल्ली

काठमाडौं – सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...