सिंगल चार्जमा १ हजार किमी रेन्ज दिने नर्वेजियन इलेक्ट्रिक कारको चर्चा
नर्वेको इलेक्ट्रिक भेइकल स्टार्टअप फ्रेस्कोले ८ सिटको अल–ह्विल ड्राइभ...
जापानका दुई ठुला प्रविधि तथा अटोमोबाइल कम्पनी साेनी र होन्डाद्वारा संयुक्त रुपमा सञ्चालित सोनी होन्डा मोबिलिटी अन्तर्गत विकास भइरहेको इलेक्ट्रिक कार परियोजना अप्रत्याशित रूपमा रोकिएको छ। कम्पनीले आफ्नो पहिलो सेडान मोडल अफिला १ सहित आगामी योजनामा रहेका सबै सवारीहरूको विकास स्थगित गरेको जनाएको छ।
रिपोर्टका अनुसार होन्डाले अमेरिकामा आफ्नो नयाँ इलेक्ट्रिक प्लेटफर्ममा आधारित ३ वटा सवारी उत्पादन गर्ने योजना रद्द गरेपछि यसको सीधा प्रभाव सोनी होन्डा मोबिलिटीको परियोजनामा परेको हो । अफिला १ पनि यही प्रविधिमा आधारित भई होन्डाको कारखानामा उत्पादन गरिने योजना थियो । यस कारण परियोजना अगाडि बढाउन असम्भव भएको कम्पनीले स्पष्ट पारेको छ।
अफिला १ सन् २०२६ मा लन्च गर्ने लक्ष्य राखिएको इलेक्ट्रिक सेडान थियो, जुन पहिलो पटक सन् २०२३ मा सार्वजनिक गरिएको थियो । यसका साथै सन् २०२८ सम्ममा ल्याउने योजना गरिएको इलेक्ट्रिक एसयूभी पनि अब पूर्ण रूपमा स्थगित गरिएको छ। कम्पनीका अनुसार दुवै मोडलको विकास प्रक्रिया रोकिएको छ र निकट भविष्यमा पुनः सुरु हुने सम्भावना न्यून छ।
सोनी र होन्डाजस्ता शक्तिशाली ब्रान्डको साथ हुँदाहुँदै पनि अफिला १ अपेक्षाअनुसार प्रभाव पार्न असफल भएको थियो। यसको मूल्य करिब १ कराेड ५० लाख रुपैयाँ हाराहारीमा राखिएको थियो, जुन धेरै उपभोक्ताका लागि महँगो मानिएको थियो । त्यस्तै, एकपटक चार्ज गर्दा करिब ४८० किलोमिटरको रेन्ज मात्र उपलब्ध हुने भएकाले यस मूल्यमा अन्य प्रतिस्पर्धी सवारीको तुलनामा कमजोर देखिएको थियो ।
यद्यपि, अफिला १ का लागि अग्रिम बुकिङ गरेका ग्राहकहरूलाई राहत मिल्ने भएको छ। कम्पनीले सबै ग्राहकलाई उनीहरूले तिरेको रकम पूर्ण रूपमा फिर्ता गर्ने घोषणा गरेको छ। यससँगै सोनी होन्डा मोबिलिटी अन्तर्गत निकट भविष्यमा नयाँ इलेक्ट्रिक सवारी बजारमा ल्याउने सम्भावना निकै कम देखिएको छ।
नर्वेको इलेक्ट्रिक भेइकल स्टार्टअप फ्रेस्कोले ८ सिटको अल–ह्विल ड्राइभ...
काठमाडौं–एवोन भीले हालै यूरो एनक्याप टेस्ट २०२५ मा ५ स्टार सेफ्टी रेटिङ...
काठमाडौं – टोयोटाको नयाँ हाइब्रिड गाडी यारिस क्रस नेपाली बजारमा उपलब्ध...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...