भारतमा सोनालिकाले ल्यायो पहिलो इलेक्ट्रिक ट्रयाक्टर

भारतमा पहिलो इलेक्ट्रिक ट्रयाक्टर अर्थात ई–ट्रयाक्टर सोनालिका टाइगर इलेक्ट्रिक लन्च भएको छ । जसको मूल्य ५ लाख ९९ हजार भारु तोकिएको छ । सोनालिकाले सोनालिका टाइगर इलेक्ट्रिक आफ्नै प्लेटफर्ममा विकसित गरेको हो ।

पावर दिनको लागि टाइगर इलेक्ट्रिकमा आईपी.५ सुरक्षाको साथमा २५.५ किलोवाट क्षमताको व्याट्री समावेश गरिएको छ । जसलाई होम सकेटले १० घन्टा र फास्ट चार्जरले ४ घन्टामा चार्ज गर्न सकिन्छ ।

जर्मनीमा तयार पारिएको सो इलेक्ट्रिक मोटर फिल्ड अपरेसनको लागि सानदार पिकअप रहेको छ । सो इलेक्ट्रिक ट्रयाक्टरको टप स्पिड २४.९३ किलोमिटर प्रति घन्टा रहेको छ ।

कम्पनीले सोनालिका टाइगर इलेक्ट्रिक लन्चिङको साथ साथै यसको बुकिङ पनि शुरु गरिसकेको छ । सो ट्रयाक्टर वातावरणीय दृष्टिकोणले निकै नै अनुकूल रहेको कम्पनीले दावी गरेको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...