३३ लाखमै आउने भयो प्रिमियम र स्मार्ट ह्याचब्याक ईभी नामी ०१
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने डोङफेङ मोटर्सको ह्याचब्याक ईभी नामी...
भल्वो एक्ससी४० रिचार्ज इलेक्ट्रिक कार लन्च भएको २ घण्टामै सबै युनिट बिक्री भएको छ । सो कारको मूल्य ५५ लाख ९० हजार भारु राखिएको छ ।
भल्वो एक्ससी४० रिचार्ज कार सबैभन्दा सस्तो लक्जरी इलेक्ट्रिक कार हो । हालको लागि सो कारको १५० युनिट मात्र लन्च गरिएको छ । कम्पनीले भल्वो एक्ससी४० रिचार्ज २ घण्टामा १५० युनिट बिक्री भएको जानकारी दिएको छ । सो इलेक्ट्रिक कार सबैभन्दा छिटो बिक्री भएको कम्पनीको दाबी छ । हाल सो कारको स्थानीय रूपमा एसेम्बल भइरहेको छ ।
सो इलेक्ट्रिक एसयूभीमा ७८ केडब्ल्युएचको लिथियम आयोन ब्याट्री प्याक प्रयोग गरिएको छ । भल्वोले एक पटक चार्जमा ४०० किलोमिटरको दुरी पार गर्न सक्ने दाबी गरेको छ । साथै यसलाई १५० किलोवाटको डीसी फास्ट चार्जरबाट मात्र ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । भल्वो एक्ससी४० रिचार्जको डेलिभरी अक्टोबर २०२२ मा सुरु हुनेछ ।
सो कारमा प्यानोरामिक सनरुफ, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १२ इन्च इन्स्ट्रयुमेन्ट क्लस्टर, टेलगेटमा ह्यान्ड्स–फ्री फङसन, टु–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, १९ इन्चको अलोय ह्विल, लेदर अपहोल्स्ट्री, एलईडी हेडलाइट र टेललाइट जस्ता फिचर दिइएको छ ।
सेफ्टीको लागि ७ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटर, ब्लाइन्ड स्पट मोनिटर, क्रस ट्राफिक अलर्ट, अटो पार्किङ, इनकमिङ लेन मिटिगेसन, रोड साइन रिकग्निसन र हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर समावेश गरिएको छ ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने डोङफेङ मोटर्सको ह्याचब्याक ईभी नामी...
बेइजिङ अटो शो २०२६ मा चीनको एक कम्पनीले क्याबिन बिनाको अत्याधुनिक ट्रक...
मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...