राइट ह्यान्ड ड्राइभमा पनि आयो जिकर, नेपाल आउने संभावना बलियो
काठमाडौं– जिली मातहतको ईभी ब्राण्ड जिकर राइट ह्यान्ड ड्राइभमा समेत आएको छ...
भल्वो एक्ससी४० रिचार्ज इलेक्ट्रिक कार लन्च भएको २ घण्टामै सबै युनिट बिक्री भएको छ । सो कारको मूल्य ५५ लाख ९० हजार भारु राखिएको छ ।
भल्वो एक्ससी४० रिचार्ज कार सबैभन्दा सस्तो लक्जरी इलेक्ट्रिक कार हो । हालको लागि सो कारको १५० युनिट मात्र लन्च गरिएको छ । कम्पनीले भल्वो एक्ससी४० रिचार्ज २ घण्टामा १५० युनिट बिक्री भएको जानकारी दिएको छ । सो इलेक्ट्रिक कार सबैभन्दा छिटो बिक्री भएको कम्पनीको दाबी छ । हाल सो कारको स्थानीय रूपमा एसेम्बल भइरहेको छ ।
सो इलेक्ट्रिक एसयूभीमा ७८ केडब्ल्युएचको लिथियम आयोन ब्याट्री प्याक प्रयोग गरिएको छ । भल्वोले एक पटक चार्जमा ४०० किलोमिटरको दुरी पार गर्न सक्ने दाबी गरेको छ । साथै यसलाई १५० किलोवाटको डीसी फास्ट चार्जरबाट मात्र ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । भल्वो एक्ससी४० रिचार्जको डेलिभरी अक्टोबर २०२२ मा सुरु हुनेछ ।
सो कारमा प्यानोरामिक सनरुफ, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १२ इन्च इन्स्ट्रयुमेन्ट क्लस्टर, टेलगेटमा ह्यान्ड्स–फ्री फङसन, टु–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, १९ इन्चको अलोय ह्विल, लेदर अपहोल्स्ट्री, एलईडी हेडलाइट र टेललाइट जस्ता फिचर दिइएको छ ।
सेफ्टीको लागि ७ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटर, ब्लाइन्ड स्पट मोनिटर, क्रस ट्राफिक अलर्ट, अटो पार्किङ, इनकमिङ लेन मिटिगेसन, रोड साइन रिकग्निसन र हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर समावेश गरिएको छ ।
काठमाडौं– जिली मातहतको ईभी ब्राण्ड जिकर राइट ह्यान्ड ड्राइभमा समेत आएको छ...
भारतमा मेट्रो ट्रेन निकै नै लोकप्रिय छ । यसको नियन्त्रण गर्ने कार्य राज्य...
इलेक्ट्रिक सवारी निर्माता कम्पनी बीवाईडीले एट्टो ३ इलेक्ट्रिक एसयूभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...