सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग
काठमाडौं – नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना गर्न लागेको “सगरमाथा...
लुम्बिनीको भैरहवामा सोलार प्यानल जडित नेपालकै ठूलो र पहिलो चार्जिङ स्टेशन संचालनमा आएको छ । जापनिज प्राबिधिकहरुको सहयोगमा निर्माण गरिएको यो स्टेशनमा पहिलोपटक ई–रिक्सालाई चार्ज गरी सफल परिक्षण समेत गरिएको छ । लगत्तै उक्त स्टेशन लुम्विनी विकास कोषलाई हस्तान्तरण गरिएको छ ।
लुम्विनी–तौलिहवा रोडमा निर्माण गरिएको उक्त चार्जिङ स्टेशनका लागि आबश्यक बिद्युतका लागि अन्तर्राष्ट्रिय सम्मेलन हलको नजिकै पावर हाउस निर्माण गरिएको छ । जुन चार्जिङ स्टेशनबाट ६ सय मिटर टाढा रहेको छ । पावर हाउसबाट भूमिगत तारमार्फत बिद्युत सप्लाई हुने ब्यावस्था मिलाइएको छ । यो चार्जिङ स्टेशन संचालनमा आएसँगै सो क्षेत्रमा चल्ने विद्युतीय गाडीका लागि चार्ज गर्न सहज हुनेछ ।
चर्जिङ स्टेशन निर्माणका लागि आबश्यक सामग्रीहरु जापान, कारेरिया र इटालीबाट आयात गरिएको हो । १६ वटा सवारीसाधनलाई एकैपटक चार्ज गर्न मिल्ने यो स्टेशनमा ७ किलोवाट क्षमताको १३ वटा नर्मल चार्जर, ८० किलोवाट क्षमताको एउटा बस र ४० किलोवाट क्षमताको २ वटा मिनीबसलाई चार्ज गर्न मिल्ने गरी ३ वटा फास्ट चार्जर उपलब्ध गराइएको छ । फास्ट चार्जरबाट डेढदेखि २ घन्टाभित्रमा सवारीसाधनलाई फुल चार्ज गर्न सकिन्छ । त्यसैगरी सोही स्थानमा ७५ वटा इलेक्ट्रिक रिक्सालाई एकसाथ चार्ज गर्न मिल्ने अर्को छुट्टै सेन्टर समेत निर्माण गरिएको बताइएको छ ।
लुम्विनीकै गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टमा अर्को ९ वटा प्वाइन्टको चार्जिङ स्टेशन निर्माण गरिएको छ । उक्त स्टेशनमा ८० किलोवाटको एउटा र बाँकी ८ वटाबाट ४० किलोवाट क्षमताको सवारी साधनलाई चार्ज गर्न मिल्नेछ । यी चार्जिङ स्टेशनहरु एसियाली विकास बैंकको अनुदानमा लुम्बिनी बिकास कोषले निर्माण गरेको हो ।
काठमाडौं – नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना गर्न लागेको “सगरमाथा...
काठमाडौं – साझा यातायातका ३७ बिजुली बस नेपालका लागि प्रस्थान गरेका छन् ।...
काठमाडौं – मंसिर महिनामा नेपालमा ८९९ युनिट विद्युतीय कार, जिप र भ्यान आयात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...