बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
चाइनिज स्मार्टफोन कम्पनी शाओमी अब नयाँ व्यवसायमा प्रवेश गर्ने भएको छ । रिपोर्टका अनुसार कम्पनी स्मार्ट कार बनाउने तयारी अवस्थामा रहेको छ । कम्पनीले इलेक्ट्रिक कार प्रोजेक्टको लागि २०१९ मा चिनियाँ इलेक्ट्रिक कार स्टार्टअप एक्सपिङमा लगानी पनि गरेको छ ।
रिपोर्टका अनुसार शाओमीका वर्तमान सीईओ ली जुनले सो प्रोजेक्टको नेतृत्व गरेका छन् । केही दिन पहिला हुआवेले पनि स्मार्ट कार बनाउनको लागि हाइकार र बीएआईसीसँग साझेदारी गरेको थियो ।
आगामी दिनमा इलेक्ट्रिक कार निकै लोकप्रिय हुने अनुमानका साथ शाओमी पनि स्मार्ट कार निर्माणको योजनामा लागेको बताइएको छ । शाओमीका सीईओले टेस्लाका एलन मस्कसँग पनि भेटघाट गरेका छन् । यसको नतिजा आउने दिनमा आउने सीईओले जानकारी दिएका छन् ।
हाल बजारमा इलेक्ट्रिक भेइकलको माग पनि बढिरहेको छ । टाटा र महिन्द्रा लगायतका विभिन्न कम्पनी पनि इलेक्ट्रिक भेइकल बजारमा प्रवेश गरेका छन् । रिपोर्टका अनुसार एप्पल पनि इलेक्ट्रिक कार निर्माण योजनामा लागेको छ ।
यो अवस्थामा अब स्मार्टफोन निर्माता कम्पनी शाओमी पनि यही दौडमा सामेल हुनु कुनै अनौठो होइन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...