भाटभटेनीमा बन्दैछ ४४ गाडी राख्न मिल्ने २५ मिटर अग्लो स्मार्ट पार्किङ, छिट्टै सञ्चालनमा आउने

काठमाडौं – भाटभटेनीले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा निजी प्रयोजनका लागि बहुतले स्मार्ट पार्किङ निर्माण गरिरहेकोछ ।

भाटभटेनीको नक्सालस्थित मुख्य सुपरमार्केट परिसरमा बहुतले भर्टिकल पार्किङको काम निषेधाज्ञाकै बीच धमाधम भइरहेको हो । आधाभन्दा बढी सम्पन्न भइसकेको उक्त स्मार्ट पार्किङ सञ्चालनमा आउन भने अझै केही समय लाग्ने भए पनि केही दिनमै यसको परीक्षण गरिने छ ।

भारतको ओमेगा इन्जिनियरिङले निर्माण गरिरहेको स्मार्ट पार्किङ २५ मिटर अग्लो छ । यसमा एकै पटक ४४ गाडी पार्किङ गर्न सकिने छ । गाडीलाई पार्किङको तल्लो भागमा पु¥याए पछि स्वचालित रुपमा माथिल्लो तलामा गएर बस्ने छन् भने तल लिनका लागि कार्ड स्वाइप गरे पुग्ने छ ।

पार्किङका लागि विभिन्न प्रविधि उपलब्ध रहेकोमा भाटभटेनीमा निर्माणाधीन सो पार्किङका लागि भर्टिकल लिफ्टिङ पार्किङ सिस्टम अर्थात टावर पार्किङको प्रयोग गरिएको निर्माता कम्पनी ओमेगा इन्जिनियरिङका हेड अफ अपरेसन पार्थ भट्टाचार्यले बताए । उनका अनुसार कार पार्किङ गर्न आउने ग्राहकलाई एउटा कार्ड उपलब्ध गराइने छ । सोही कार्डमार्फत नै गाडीलाई पार्किङ गर्ने र फेरि निकाल्नका लागि आवश्यक कार्य गरिने छ ।

भारतका विभिन्न स्थानमा यस्ता भर्टिकल पार्किङ निर्माण गरिसकेको ओमेगा इन्जिनियरिङले नेपालमा भने पहिलो पटक यस्तो प्रविधिको पार्किङ निर्माण गरिरहेको बताएको छ ।

यो भन्दा पहिले काठमाडौं महानगरपालिका र अन्य निकायहरुले पनि बहुतले पार्किङ निर्माण गर्ने समाचार आए पनि कुनै पनि कार्यले व्यावहारिकता पाएका छैनन् ।

सम्बन्धित समाचारहरू

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर, पहिलो ६ महिनाको किस्ता तिर्नु नपर्ने

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर, पहिलो ६ महिनाको किस्ता तिर्नु नपर्ने

काठमाडौं– दिपल ईभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...

१० लाख ७५ हजारको बाइक २ लाख डाउन पेमेन्ट र १ लाख एक्सचेन्ज बोनस सहित उपलब्ध

१० लाख ७५ हजारको बाइक २ लाख डाउन पेमेन्ट र १ लाख एक्सचेन्ज बोनस सहित उपलब्ध

काठमाडौं – नेपालका लागि अल्ट्राभायोलेट बाइकको आधिकारिक वितरक केडिया...

लन्च भयो लोभ लाग्दो प्रविधियुक्त दिपल एस०५, यस्ता छन् आकर्षक विशेषता

लन्च भयो लोभ लाग्दो प्रविधियुक्त दिपल एस०५, यस्ता छन् आकर्षक विशेषता

चांगान दिपल एस०५ चीनमा औपचारिक रुपमा लन्च भएको छ । दिपल एस०५ को ईभी र ईआरईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...