सस्तो हुँदै भेन्यू, व्रेजा र सोनेट लगायत साना एसयूभी, यस्तो छ कारण

भारतमा सरकाले एसयूभीको वर्गिकरण गरेर साना एसयूभीमा लाग्दै आएको जिएसटी दरलाई परिमार्जन गर्ने भएको छ । हाल सवै प्रकारका एसयूभीमा २० देखी २२ प्रतिशतसम्म जिएसटी लाग्दै आएकोमा यसलाई परिमार्जन गरेर साना एसयूभीमा जम्मा ५ प्रतिशत मात्र लाग्ने व्यवस्था गर्न लागिएको हो ।

यसका लागी १५०० सिसी भन्दा ठूलो इन्जिन, ४ मिटर भन्दा बढी लम्वाई र १७० एमएम भन्दा बढी ग्राउन्ड क्लिरियन्स भएका गाडीलाई मात्र एसयूभी मान्ने सरकारले तयारी गरिरहेको छ । सो मापदण्डभन्दा तलका गाडीलाई एसयूभीको दर्जामा नराखी जम्मा ५ प्रतिशतमात्र जिएसटी लगाउने तयारी थालिएको हो ।

यो मापदण्ड लागु भए हाल कारोवार भैरहेका हुन्डाई भेन्यू, किया सोनेट, सुजुकी व्रेजा, टाटा नेक्सन र एक्सयूभी ३०० लगायत कारको मूल्य सस्तो हुनेछ । यी सवै गाडीमा १५०० सिसी भन्दा सानो आकारको इन्जिन र ४ मिटरभन्दा कम लम्वाई उपलब्ध रहँदै आएको छ ।

हुन्डाईले भेन्यूको डिजेल मोडलमा १४९३ तथा पेट्रोलमा ९९८ र ११९७ सिसी क्षमतको इन्जिन दिएको छ । यो कारको लम्वाई ३९९५ एमएम तथा ग्राउन्ड क्लिरियन्स १९० देखी १९५ एमएमसम्म रहेको छ । यसैगरी किया सोनेटको डाइमेन्सन भेन्यूकै वारवर भएपनि इन्जिन क्षमता भने १.० र १.२ लिटर क्षमता रहेको छ ।

सुजुकी व्रेजामा १४९७ सिसीको इन्जिन र लम्वाई ३९९३ एमएम तथा ग्राउन्ड क्लिरियन्स २०० एमएम दिइएको छ भने टाटा नेक्सनमा १४९७ सिसी डिजेल तथा ११९९ सिसी पेट्रोल इन्जिन दिइएको छ । यो एसयूभीकोे लम्वाई र ग्राउन्ड क्लिरियन्स क्रमश ३९९३ एमएम र २०९ एमएम रहेको छ ।

महिन्द्रा एक्सयूभी १४९७ सिसी डिजेल र ११९९ सिसी पेट्रोल इन्जिन अप्सनमा उपलब्ध रहँदै आएको छ । यो एसयूभीको लम्वाई ३९९५ एमएम तथा ग्राउन्ड क्लिरियन्स १९५ एमएम रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...