मन्त्रीद्वारा स्काईवर्थ ईभी बस सार्वजनिक

काठमाडौं - पर्यटन प्रवर्द्धन र दिगो यातायात समाधानतर्फको यात्रालाई समर्पित गर्दै नेसनल एसाेसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा) र बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बीआईटीएम) द्वारा आयोजित विशेष कार्यक्रममा टाइम्स बिजनेसकाे प्रस्तुतीमा स्काईवर्थ इलेक्ट्रिक बस भव्य रूपमा सार्वजनिक गरियो।

विद्युतीय प्रविधिमा आधारित, वातावरणमैत्री र आरामदायी विशेषताहरूले सजिएको स्काईवर्थ ईभी बसले कार्यक्रममा सहभागी व्यवसायिक प्रतिनिधिहरू, पर्यटन क्षेत्रका विज्ञहरू र अतिथिहरूको उल्लेखनीय ध्यान खिचेकाे बताइएको छ । यसमा रहेको उच्च ग्राउण्ड क्लियरेन्स, उत्कृष्ट एप्रोच तथा डिपार्चर एङ्गल, प्रशस्त लगेज स्पेस र १९ थिएटर सिटहरूको संयोजनले यो बसलाई पर्यटन यातायातका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गर्‍यो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेकाे प्रमुख आतिथ्यतामा रिबन कटिङ समारोह सम्पन्न भयो, जसपश्चात उनले केही समय बसभित्र बिताउँदै यसको प्रविधि, आन्तरिक सुविधा र यात्रु अनुभवका पक्षहरू नजिकबाट अवलोकन गरे। बसको डिजाइन र प्रयोगशिलताको विषयमा उनी सकारात्मक रूपमा प्रभावित भएकाे कम्पनीको भनाइ छ ।

साे स्काईवर्थ ईभी बसको सुरुआती मूल्य ७५ लाख ९० हजार रुपैयाँ तोकिएको छ। उक्त मूल्यमा यस्तो आधुनिक प्रविधि र सुविधा उपलब्ध गराउनु टाइम्स बिजनेसको दीर्घकालीन सोच र दिगो भविष्यप्रतिको प्रतिबद्धता भएको बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...