स्काईवेलको फ्ल्यागशिप शोरुम नक्सालमा, बीई११ मा ४ लाख छुट

जी मोटर्सले स्काईवेलको फ्ल्यागशिप शोरुम काठमाडौंको नक्सालमा सञ्चालनमा ल्याएको छ । शुक्रबार चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ जीनले एक समारोहका बीच शोरुमको उद्घाटन गरे ।

यससंगै नेपालमा स्काइवेलको शोरुम संख्या पाँच पुगेको छ । भक्तपुरको राधेराधेमा पहिलो शोरुम खोलेर नेपाली बजारमा स्काईवेलले एक बर्ष अगाडि आफ्नो प्रिमियम एसयुभीको विक्री वितरण शुरू गरेको थियो ।

चीनमा उत्पादन भएर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भईरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ ।

नेपाल भित्रिएको एक वर्षमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सफल स्काइवेलले हालसम्म १०० भन्दा बढी एसयुभीहरू विक्री गर्न सफल भएको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए ।

‘हामीले नेपाल भित्र्याएको सबैभन्दा बढी रेन्ज दिने ईटी५ को सफलतापछि अहिले सुलभ मुल्यमा बिई११ मोडल ल्याएका छौ । बीई११ को मूल्य ७९ लाख ९० हजार कायम गरिएपनि केही समयका लागि ४ लाख छुट दिएर ७५ लाख ९० हजारमै बिक्री गरिरेका छौ । यसबाट ग्राहकले सुलभ मूल्यमै स्कइवेललको प्रिमियम ईभी प्रयोग गर्न पाउनुभएको छ’ उनले भने ।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारीको संशोधित करप्रति चिन्तित बीवाईडी : भन्यो – अवैज्ञानिक र तर्करहित कर

विद्युतीय सवारीको संशोधित करप्रति चिन्तित बीवाईडी : भन्यो – अवैज्ञानिक र तर्करहित कर

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले हालसालै...

एलएस अटोको चितवनमा ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ हुने

एलएस अटोको चितवनमा ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ हुने

काठमाडौं– चिनियाँ ईभी ब्रान्ड एलएस अटोले चितवनमा दुई दिने ‘टेस्ट ड्राइभ...

चीनको मोटर शोमा महिलाले टेस्ला कारको छतमा चढि हंगामा गरेपछि

चीनको मोटर शोमा महिलाले टेस्ला कारको छतमा चढि हंगामा गरेपछि

चीनमा हाल सांघाई अटो शो आयोजना भइरहेको छ । उक्त शोमा सबै कम्पनीले नयाँ नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...