नक्सालमा खुल्दै प्रिमियम ईभी स्काइवेलको शोरुम

काठमाडौं – अटोमोबाइल हबको रुपमा परिचित नक्सालमा अब प्रिमियम ईभी स्काइवेलको शोरुम सञ्चालनमा आउने भएको छ । नक्सालको नारायणचौरमा उक्त शोरुम स्थापना हुने भएको हो ।

स्काइवेलको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले उक्त शोरुम सञ्चालनमा ल्याउने भएको हो । उक्त शोरुम आगामी दुई साताभित्रै औपचारिक रुपमा सञ्चालनमा आउने कम्पनी स्रोतको भनाइ छ ।

हाल जी मोटर्सले नेपाली बजारमा स्काइवेलको प्रिमियम ईभी ईटी५ बिक्री–वितरण गरिरहेको छ ।

स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसममा १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ । यसको मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको छ ।

सो एसयूभी विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो।

स्काइवेल ईटी५ ले नेपाली बजारमा सबैभन्दा बढी रेन्ज अर्थात सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

धनतेरसको अवसरमा टियागो ईभी बुकिङ गर्दा सुनको असर्फी वा आइफोन १६ प्रो पाइने

धनतेरसको अवसरमा टियागो ईभी बुकिङ गर्दा सुनको असर्फी वा आइफोन १६ प्रो पाइने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले...

पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात, नेपालभर १०० युनिट भन्दा बढी बुकिङ

पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात, नेपालभर १०० युनिट भन्दा बढी बुकिङ

काठमाडौं – नाडा अटो शो २०२४ मा बिक्री सुरु गरेको टाटा पन्च ईभीको नेपालमा...

नेपालमा ५ सय युनिट टाटा नेक्सन ईभी बुकिङ, अब बुकिङ गर्नेले २०२२ मा मात्र गाडी पाउने

नेपालमा ५ सय युनिट टाटा नेक्सन ईभी बुकिङ, अब बुकिङ गर्नेले २०२२ मा मात्र गाडी पाउने

काठमाडौं – नेपाली बजारमा ५ सय युनिट भन्दा बढी टाटाको इलेक्ट्रिक कार नेक्सन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...