स्काईवेल ईटी–५ को बिक्री सुरु, ९ वटा गाडी ग्राहकलाई हस्तान्तरण

काठमाडौं– जी मोटर्सले नेपाल ल्याएको इलेक्ट्रिक एसयूभी ईटी–५ को बिक्री सुरु भएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी भक्तपुर राधेराधेस्थित शोरुमको उद्घाटन गर्दै कम्पनीले ९ जना ग्राहकलाई गाडी हस्तान्तरण गरेको हो ।

कार्यक्रममा चिनिया दुतवासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सि यु, स्काईवेल न्यु ईनर्जी मेहिकलका चिनिया प्रतीविधी थोमस जुर र जी मोटर्सका अध्यक्ष दुर्गा प्रसाद गेलाल लगायतले उपस्थिती जनाएका थिए ।

आम ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै एक बर्षको निःशुल्क विमा, सडक कर, एक्सचेन्ज सुबिधामा आकर्षक बोनस र बिशेष छुट सुविधा वैशाख महिना भरी प्रदान गरिने प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए ।

यस्तो छ ईटी–५
चिनियाँ ईभी निमार्ता स्काइवेलले उत्पादन गरेको ईटी–५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । यसमा १५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । कारको मूल्य १ करोड ९ लाख रुपैँया निर्धारण गरिएको छ ।

यो एसयूभीलाई एकपटक फुल चार्ज गरेपछि ६२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यति धेरै रेन्ज दिने ईलक्ट्रिक कार नेपाली बजारका लागी पहिलो रहेको कम्प्नी भनाई छ ।

जर्मनि, इजरायल, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा विक्री हुँदै आएको ईटी–५ एक प्रिमियम इलेक्ट्रिक एसयूभी हो । यसमा इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ र इन्टेलिजेन्ट सेक्यूरिटी लगायत फिचर पाउन सकिन्छ ।

प्योर ईभी प्लेटफर्मममा बनेको यो नयाँ ईभीलाई १६० प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ । कारमा प्यानारोमिक सनरुफसहित एक्सक्लुसिभ पेन्टेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाई लगायत सुबिधा पाउन सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...