बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– जी मोटर्सले बिक्री गर्न लागेको नयाँ ईभी स्काइवेल ईटी५ भन्सार नाकामा आइपुगेको छ । ईटी५ को केही यूनिट रसुवा भन्सारमा आइपुगेको र केही दिनपछि बिक्री सुरु गरिने कम्पनीले जनाएको छ ।
जी मोटर्सले गत भदौ महिनामा सम्पन्न नाडा अटो शोमा स्काइवेलको स्टल राखेर यसको बुकिङ खुल्ला गरेको थियो । नेपाली बजारमा सबैभन्दा बढी रेन्ज अर्थात सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने दावी गरिएको स्काइवेल ईटी५ करिव तीन दर्जन युनिट बुकिङ भएको दावी गरिएको छ ।
स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसममा १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ । यसको मूल्य १ करोड ९ लाख रुपैयाँ हुने जानकारी पहिल्यै सार्वजनिक भइसकेको छ ।
सो एसयूभी विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...