द क्लिफमा बिश्वकै अग्लो र लामो ब्यवसायिक स्काइ साइक्लिङ सुरु

कुश्मा - विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा बिश्वकै अग्लो र लामो ब्यवसायिक स्काइ साइक्लिङ सुरु भएको छ । 

कालीगण्डकी माथीको भिरमा रिसोर्ट परिसरमा (बाग्लुङ बलेवा तर्फ) स्काइ साइक्लिङ निर्माण गरिएको हो । साइक्लिङ दुई तर्फी गरि छ सय मिटर रहेको बताइएको छ । 

प्रतीब्यक्ती ३ हजार ५ सय रहेको साइक्लिङ खेल्न हाल सुभारम्भ छुट अन्तर्गत २ हजार ५ सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए । बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त बीस प्रतिसत छुट दिइने बताइएको छ ।

गुलेली पिङ, पारिवारिक पिङ, हाइ रोप स्टेसन, स्काइ चियर, घोडाचडी सञ्चालनमा ल्याएको द क्लिफले नयाँ प्रडक्टका रुपमा स्काइ साइक्लिङ सुरु गरेको कार्कीले बताए ।

विश्वमा २ सय अठ्ठाइस मिटर उचाइमा र छ सय मिटरको कुनै पनी ब्यवसायिक स्काइ साइक्लिङ नरहेकोले यो नै बिश्वको लामो र अग्लो ब्यवसायिक जिपलाइन भएको कार्कीको दावी छ ।

बिश्वकै अग्लो स्विङ समेत सन्चालन गर्दै आइरहेको द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन्। उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।

सम्बन्धित समाचारहरू

चर्चामा ३ मिनेटमै दुई लाख बुकिङ  भएकाे इलेक्ट्रिक एसयूभी वाईयु७

चर्चामा ३ मिनेटमै दुई लाख बुकिङ भएकाे इलेक्ट्रिक एसयूभी वाईयु७

चीनमा हालै लन्च गरिएको शाओमीको इलेक्ट्रिक एसयूभी शाओमी वाईयु७ को बुकिङ...

बुटवल भैरहवा क्षेत्रमा अब विद्युतीय बस गुड्ने

बुटवल भैरहवा क्षेत्रमा अब विद्युतीय बस गुड्ने

बुटवल – रुपन्देही र कपिलवस्तु जिल्लाका केही स्थानमा सुन्दर यातायातका...

इलेक्ट्रिक कार र बाइक पछि अब इलेक्ट्रिक एयरप्लेन, फुल चार्जमा १०४६ किलोमिटर उड्न सक्ने

इलेक्ट्रिक कार र बाइक पछि अब इलेक्ट्रिक एयरप्लेन, फुल चार्जमा १०४६ किलोमिटर उड्न सक्ने

विश्वभर इलेक्ट्रिक भेइकलको ट्रेन्ड बढ्दै गइरहेको छ । पछिल्लो समयमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...