स्कोडा फक्सवागन समूहले पार ग-यो १५ लाख सवारी उत्पादनको माइलस्टोन

स्कोडा अटो फक्सवागन इन्डिया प्रालिले भारतमा १५ लाख युनिट कार उत्पादन गरेर एक माइलस्टोन पार गरेको छ । फक्सवागन ग्रुप अन्तर्गत भारतमा स्कोडा, फक्सवागन, अडी, पोर्स र ल्याम्बोर्गिनीको इन्डियन अपरेसन म्यानेज गरिरहेको यो ग्रुपले हाल भारतका दुई प्लान्टबाट सवारी साधन उत्पादन गर्दै आएको छ । पुनेको चाकन र औरंगावादको शेन्द्रा प्लान्टबाट सवारी साधन उत्पादन हुँदै आएका छन् ।

स्कोडा अटो फक्सवागन इन्डिया प्रालिका म्यानेजिङ डाइरेक्टर पियुष अरोरा र सेल्स तथा मार्केटिङका एक्जिक्युटिभ डाइरेक्टर क्रिस्चियन कान भोन सिलनले सो अवसरमा खुसी व्यक्त गर्दै सबैलाई बधाई दिएका छन् ।

हाल पुनेको प्लान्टमार्फत स्कोडा कुशाक, स्कोडा स्लाभिया, फक्सवागन टाइगुन, फक्सवागन भर्टस, फक्सवागन पोलो र फक्सवागन भेन्टो उत्पादन भइरहेको छ । त्यसैगरी औरंगावाद फ्यासिलिटीबाट स्कोडा, फक्सवागन र औडीका प्रिमियम र लक्जरी मोडल उत्पादन हुन्छन् ।

स्कोडा कुशाक सन् २०२१ को जुनमा उत्पादन प्रारम्भ भएर नयाँ युगको शुरुवात गरेको थियो । भारतमै उत्पादन हुने र भारतकै लागि बनाइने गरी बनाइएको ‘इन्डिया २.०’ प्रोजेक्ट अन्तर्गत पहिलो सवारी साधन स्कोडा कुशाक थियो । प्यान्डेमिक र चिप अभावका बीच पनि यो ग्रुपले भारतमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

सम्बन्धित समाचारहरू

ग्रेटवालका गाडी किन्दा ५ लाख सम्म छुट, आयो नयाँ वर्ष २०८० अफर

ग्रेटवालका गाडी किन्दा ५ लाख सम्म छुट, आयो नयाँ वर्ष २०८० अफर

काठमाडौं – ग्रेटवाल मोटर (जीडब्ल्युएम) गाडीकोे नेपालका लागि आधिकारिक...

अब मादक पदार्थ सेवन गरी ड्राइभिङ सिटमा बस्दा तुरुन्तै बज्ने छ अलार्म

अब मादक पदार्थ सेवन गरी ड्राइभिङ सिटमा बस्दा तुरुन्तै बज्ने छ अलार्म

मदिरा सेवन गरी सवारी चलाउनु सडक दुर्घटनाको प्रमुख कारण हो । जसका कारण...

आकर्षणको केन्द्र बन्दै चांगन अटोको नयाँ सोरुम

आकर्षणको केन्द्र बन्दै चांगन अटोको नयाँ सोरुम

नक्शाल हुँदै जाँदा चांगनको नवनिर्मित सोरुमले जो कोहीको पनि ध्यानाकर्षण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...