बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
स्कोडाको नयाँ कम्प्याक्ट एसयूभी भिजन आईएन अब केही महिनामै लन्च हुने भएको छ । अहिले भारतीय सडकमा भइरहेको यसको प्रोटोटाइप युनिटको परीक्षणले पनि यसलाई सावित गरेको छ । स्कोडाले भिजन आईएनको केमोफ्लेज्ड युनिटलाई विभिन्न भू–बनोटमा परीक्षण गरिरहेको स्पाईसटहरु अहिले अनलाइनहरुमा छ्यापछ्याप्ती छन् ।
भिजन आईएन एसयूभी अहिले बजारमा लोकप्रिय उत्पादन हुन्डाई क्रेटा र किया सेल्टोसप्रति स्कोडाको जवाफ हुन सक्ने अनुमान गरिएको छ । स्कोडाको नयाँ एसयूभीको डिजाइन र फिचर युरोपेली मोडेल कामिकबाट बढी प्रभावित हुनेछ । अहिले फक्सवागन ग्रुपको रिसर्च एन्ड डेभेलपमेन्ट अपरेसनलाई नेतृत्व गरिरहेको स्कोडा इन्डियाले आफ्नो एमक्युबी एओ आईएन प्लेटफर्मलाई स्थानीयकरण गरिरहेको छ । यो प्लेटफर्म फक्सवागन टाइगुनमा पनि प्रयोग गरिएको छ ।
परीक्षणमा प्रयोग भएको एसयूभी केमोफ्लेज्ड गरिएको भए पनि स्कोडाको परिचित ग्रिल र सिम्पल बम्पर जस्ता स्कोडाको डिजाइन ल्याङ्वेज यसमा स्पष्ट रुपमा देख्न सकिन्छ । इन्डिया–स्पेक एसयूभीमा दुई तहको हेडल्याम्प डिजाइन छ तर यो कामिकको तुलनामा माथिल्लो भाग अझ ठूलो छ ।
यसको इन्टेरियर छोपिएको भए पनि कन्सोलमाथि स्ट्यान्ड अलोन टचस्क्रिन इन्फोटेन्मेन्ट डिस्प्ले देख्न सकिन्छ । साथै यसको लेआउट पनि युरोपियन मोडेल कामिकबाट प्रभावित छ ।
स्कोडाले भिजन आईएनलाई प्रिमियम प्रडक्टका रुपमा पोजिसन गर्ने लक्ष्य राखेको छ त्यसैले यसमा धेरै अप–टु–डेट फिचर हुने अनुमान गर्न सकिन्छ । यसको टीएफटी इन्स्ट्रयुमेन्ट कन्सोलले यसलाई प्रतिस्पर्धीलाई भन्दा आकर्षक बनाउनेछ । साथै यसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्टेट अफ द आर्ट कनेक्टिभिटी फिचर, मल्टिपल एअरब्याग, एबीएस, इबीडी, अलोय ह्विल, एलईडी हेडलाइट जस्ता फिचर हुनेछन् ।
स्कोडा भिजन आईएनमा १.५ लिटरको टर्बोचार्ज्ड पेट्रोल इन्जिन हुनेछ जसले १५० एचपी पावर उत्पन्न गर्नेछ । र यो म्यानुअल र डीएसजी अटोमेटिक ट्रान्समिसन दुवैमा उपलब्ध हुने अनुमान छ । यो एसयूभी मात्र ९ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रति घन्टाको रफ्तारमा दौडन सक्नेछ । यसलाई स्कोडा इन्डियाले सन् २०२१ को मध्यमा सार्वजनिक गर्ने योजना बनाएको बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...