१ करोड ४० लाख सम्म पर्ने जिपको एक्सचेन्ज इभेन्ट सुरु, ७० प्रतिशत फाइनान्स र १२ प्रतिशत ब्याजदर
काठमाडौं – नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पुरानो...
स्कोडाको वहुप्रतिक्षित एसयुभी कुशाक फेसलिफ्ट अवको ३ दिनपछि अर्थात मार्च २१ मा लन्च हुने भएको छ । एसयूभी क्लासिक+, सिग्नेचर, स्पोर्टलाइन, प्रेस्टिज र मोन्टे कार्लो गरी कुल ५ भेरिएन्टमा उपलब्ध हुनेछ ।
कुशाकमा अब नयाँ एलईडी हेडलाइट र डीआरएल तथा सेग्मेन्टेड एलईडी लाइट बारको साथ पुनः डिजाइन गरिएको ग्रिल समावेश गरिएके छ । अगाडिको बम्परलाई नयाँ स्किड प्लेटको साथ रि–वर्क गरिएको छ । त्यसैगरी रियरमा कुशाकमा केन्द्रमा एलुमिनेटेड ’स्कोडा’ अक्षरको साथ कनेक्टेड एलईडी टेललाइट राखिएको छ ।
कुशाक फेसलिफ्टको इन्टेरियरमा गुगल जेमिनी एआई असिस्टेन्टको साथ नयाँ १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र मसाज फंक्सन सहितको रियर सिट पाउन सकिन्छ । अन्य सुविधाहरूमा प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ, ६ वे पावर्ड एड्जस्टेवल एन्ड भेन्टिलेटेड रियर सिट, फ्रन्ट पार्किङ सेन्सर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले उपलब्ध गराइएको छ ।
नयाँ कुशाकमा स्कोडाले उहि परिचित १.० लिटर टर्बो–पेट्रोल इन्जिन जडान गरेको छ । एसयूभी ६ पीड म्यानुअल र नयाँ ८–स्पीड अटोमेटिक ट्रान्समिसनको साथ उपलब्ध हुनेछ । साथै, यसको उच्च भेरिएन्टमा भने ७ स्पीड डुअल क्लच अटोमेटिक गियरबक्ससँग जोडिएको १.५ लिटर टर्बो–पेट्रोल इन्जिन समेत विकल्पमा रुपमा उपलब्ध हुनेछ ।
कुशाक नेपाली बजारमा समेत लोकप्रिय बनेको एसयूभी हो । स्कोडाको आधिकारिक वितरक एमएडब्लू ग्रुपले अवको केही सयमपछि यस नयाँ एसयूभीलाई नेपाल भित्र्याउन अपेक्षा गर्न सकिन्छ ।
काठमाडौं – नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पुरानो...
जीपले ग्रान्ड चेरोकीलाई भारतमै एसम्बल गर्ने भएको छ । अमेरिकन आइकनिक...
चांगन अटोको उत्कृष्ट सेडान एल्सभिनले छोटो समयको अन्तरालमै नेपाली बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...