स्कोडाले नयाँ कम्प्याक्ट एसयूभी ल्याउने, टिजर सार्वजनिक

पछिल्ला केही वर्षदेखि भारतीय ग्राहकहरूमाझ कम्प्याक्ट एसयूभीको माग लगातार बढिरहेको छ। यस खण्डमा टाटा नेक्सन, मारुती सुजुकी ब्रेजा, किया सोनेट र महिन्द्रा एक्सयूभी३एक्सओ जस्ता एसयूभीहरू सबैभन्दा लोकप्रिय छन् ।

स्कोडाले आफ्नो बहुप्रतिक्षित कम्प्याक्ट एसयूभी टिजर सार्वजनिक गरेको छ । यसअघि कम्पनीले ५ सिटरको टिजर आधिकारिक रूपमा सार्वजनिक गरेको थियो र एसयूभी मार्च २०२५ मा लन्च हुने पनि पुष्टि गरेको थियो । यद्यपि कम्पनीले हालसम्म पनि आफ्नो बहुप्रतिक्षित एसयूभीको नामको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेको छैन ।

मिडिया रिपोर्टका अनुसार आगामी स्कोडा एसयूभी पनि ५ स्टार सेफ्टी रेटिङलाई ध्यानमा राखेर बनाइएको छ । कम्पनीको स्कोडा कुशाक र स्लाभियालाई ग्लोबल एनसीएपीले पारिवारिक सुरक्षाको लागि क्र्यास टेस्टमा ५-स्टार रेटिङ दिएको छ । कम्पनीको आगामी सब ४ मिटर एसयूभी एमक्युबी एओ इन प्लेटफर्ममा आधारित छ । साथै यसमा उल्टो एल आकारको एलईडी टेल ल्याम्प र त्यसको बिचमा बोल्ड स्कोडा लेखेको देख्न सकिन्छ ।

स्कोडाको आगामी एसयूभीमा पावरट्रेनका लागि १.० लिटर ३ सिलिन्डर टर्बो पेट्रोल इन्जिन हुनेछ जसले ११५ बीएचपीको अधिकतम पावर र १७८ एनएमको पीक टर्क उत्पादन गर्न सक्षम हुनेछ। जबकि कारको इन्जिन ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टरसँग जोडिनेछ ।

आगामी स्कोडा सब-४ मिटर एसयूभी २०२५ को शुरुमा लन्च गर्न सकिन्छ। रिपोर्टका अनुसार आगामी स्कोडा एसयूभीको मूल्य ८ लाखदेखि १५ लाख भारु हुन सक्ने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

नयाँ एसयूभी काइल्याक चाँडै लन्च गर्ने तयारीमा स्कोडा, फर्स्ट लुक सार्वजनिक

नयाँ एसयूभी काइल्याक चाँडै लन्च गर्ने तयारीमा स्कोडा, फर्स्ट लुक सार्वजनिक

स्कोडाले चाँडै नै नयाँ एसयूभी भारतीय बजारमा ल्याउने तयारी गरिरहेको छ ।...

स्कोडा काइल्याकलाई १० दिनमा १० हजारभन्दा बढी बुकिङ, नेपाल आउँदा मुल्य कति ?

स्कोडा काइल्याकलाई १० दिनमा १० हजारभन्दा बढी बुकिङ, नेपाल आउँदा मुल्य कति ?

बुकिङ खोलेको १० दिनमा स्कोडाले काइल्याक कम्प्याक्ट एसयूभीका लागि १०...

स्कोडाको नयाँ इलेक्ट्रिक कारकाे  टिजर सार्वजनिक, २०२६ सम्ममा ६ कार लन्च गर्ने

स्कोडाको नयाँ इलेक्ट्रिक कारकाे टिजर सार्वजनिक, २०२६ सम्ममा ६ कार लन्च गर्ने

स्कोडाले आफ्नो आगामी इलेक्ट्रिक कम्प्याक्ट एसयूभी एलराेकको टिजर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...