आउँदै नयाँ स्कोडा सुपर्व, हाइब्रिड इन्जिनमा इलेक्ट्रिक रेन्ज १०० किलोमिटर हुने

स्कोडाले आफ्नो लोकप्रिय सेडान सुपर्वको चौथो जेनेरेशन बजारमा ल्याउने भएको छ । सो कारलाई कम्पनीले यसै वर्षको अन्तिमसम्ममा सार्वजनिक गर्ने तयारी थालेको जनाइएको छ । पाँच भिन्न इन्जिन अप्सनमा आउन लागेको सो कारको पावरट्रेन र केही फिचरलाई कम्पनीले पहिलोपटक वाहिर ल्याएको छ ।

नयाँ सुपर्वलाई स्कोडाले दुईवटा पेट्रोल, दुईवटा डीजेल र एउटा प्लग–इन–हाइब्रिड इन्जिनमा ल्याउने तयारी गरेको हो । जसअनुसार यसको प्लग–इन–हाइब्रिड मोडलमा २५.७ किलोवाट आवरको ब्याट्री सहित १.५ लिटर टीएसआई इन्जिन जडान गरिनेछ । जसको संयूक्त पावर २०४ एचपी रहनेछ भने यसको इलेक्ट्रिक रेन्ज १०० किलोमिटरसम्म रहने दावी गरिएको छ ।

यसैगरी यसको पेट्रोल भेरिएन्टमा माइल्ड हाइब्रिड सहितको १.५ लीटर टिएसआई र २.० लीटर टीएसआई इन्जिनको विकल्प दिइनेछ । जसको पावर क्रमशः २०४ एचपी र २६५ एचपी रहने कम्पनीले जनाएको छ । यसको दुईवटै पेट्रोल इन्जिनमा ७ स्पिड डुअल क्लच अटोमेटिक गियरवक्स उपलब्ध हुनेछ ।

नयाँ सुपर्वलाई स्कोडाले कोडियाकमा जस्तै दुईवटा डिजेल इन्जिनको विकल्प दिने भएको छ । जसमध्ये एउटाको पावर १५० एचपी र अर्कोको १९३ एचपी हुनेछ । सो सेडानको डिजेल पावरट्रेन ७ स्पिड डुअल क्लच अटोमेटिक गियरवक्स सहितको २.० लिटर डिजेल इन्जिमा उपलब्ध हुनेछ ।

यसमा १२.५ इन्चसम्मको टचस्क्रिन, स्टेरिङ कोलम माउन्टेड ड्राइभ सेलेक्टर, टर्न एसिस्ट सहितको एडिएएस फिचर र १० वटा एयरव्याग उपलब्ध हुनसक्ने अनुमान लगाइएको छ ।

सम्बन्धित समाचारहरू

सार्वजनिक भएको १ महिना नपुग्दै १५ युनिट बिक्री भयो जिप -यांगलर, मूल्य २ करोड ७९ लाखसम्म

सार्वजनिक भएको १ महिना नपुग्दै १५ युनिट बिक्री भयो जिप -यांगलर, मूल्य २ करोड ७९ लाखसम्म

अमेरिकन आइकनिक ब्रान्ड जिप -यांगलर नेपाली बजारमा सार्वजनिक भएको १ महिना...

फच्र्युनरसँग प्रतिस्पर्धा गर्न जिपको नयाँ एसयूभी मार्च २९ मा लन्च हुने

फच्र्युनरसँग प्रतिस्पर्धा गर्न जिपको नयाँ एसयूभी मार्च २९ मा लन्च हुने

जिपको नयाँ थ्री रो एसयूभी जिप मेरिडियन मार्च २९ मा ग्लोबल लन्च हुने भएको छ,...

३ दिनपछि लन्च हुँदै नयाँ कुशाक, यस्तो छ पावरट्रेन र फिचर

३ दिनपछि लन्च हुँदै नयाँ कुशाक, यस्तो छ पावरट्रेन र फिचर

स्कोडाको वहुप्रतिक्षित एसयुभी कुशाक फेसलिफ्ट अवको ३ दिनपछि अर्थात मार्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...