बाहिरियो स्कोडा स्लाभियको अनुमानित मूल्य, होन्डा सिटी र हुन्डाई भर्नासंग प्रतिस्पर्धा गर्ने
यसै महिनाको अन्त्यसम्ममा लन्च गरिने पक्कापक्कि भैसकेको स्कोडा स्लाभियको...
काठमाडौं – स्कोडा गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले काठमाडौंको सीतापाइलामा विश्व स्तरीय सर्भिस सेन्टर निर्माण गरिरहेको छ । अत्याधुनिक उपकरणसहितको सर्भिस सेन्टरले स्कोडाको नयाँ कर्पोरेट पहिचान र डिजाइनलाई प्रतिविम्बित गर्ने कम्पनीको भनाइ छ ।
२५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त सर्भिस सेन्टरमार्फत स्कोडाले नेपाली बजारमा आफ्नो पहिचानलाई थप मजबुत गर्ने र ग्राहकका बीच बलियो रुपमा प्रस्तुत हुन सहयोग गर्ने अपेक्षा गरेको बताएको छ । आगामी सेप्टेम्बर महिना देखि उक्त सर्भिस सेन्टर सञ्चालनमा आउने कम्पनीको भनाइ छ ।
सर्भिस सेन्टरमा १६ बे उपलब्ध हुनेछन् भने यसबाट वार्षिक रुपमा ६ हजार ४ सय स्कोडा गाडीलाई सर्भिसिङ सुविधा उपलब्ध गराउन सकिने छ । आफ्टर सेल्स सर्भिसका लागि ५० भन्दा बढी जनशक्ति कार्यरत हुनेछन् भने स्पेयर पार्ट्सको पर्याप्त उपलब्धता हुनेछ ।
स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले स्कोडाको विश्व स्तरीय सर्भिस सेन्टर उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिन पाउदा खुसी ब्यक्त गर्दैै यसबाट ग्राहकले अद्वितीय सर्भिस अनुभव प्राप्त गर्न सक्ने बताए ।
हाल देशभरका ६ सहरमा स्कोडाको सर्भिस नेटवर्क उपलब्ध छन् । कम्पनीले आगामी २ वर्ष भित्र देशका १० सहरमा डिलर नेटवर्क विस्तार गरी ब्रान्डको पहुँच विस्तार गर्ने योजना रहेको बताएको छ ।
यसै महिनाको अन्त्यसम्ममा लन्च गरिने पक्कापक्कि भैसकेको स्कोडा स्लाभियको...
काठमाडौं – नेपालको नम्बर १ कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड...
काठमाडौं – नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...