सार्वजनिक भएको १ महिना नपुग्दै १५ युनिट बिक्री भयो जिप -यांगलर, मूल्य २ करोड ७९ लाखसम्म
अमेरिकन आइकनिक ब्रान्ड जिप -यांगलर नेपाली बजारमा सार्वजनिक भएको १ महिना...
यसै महिनाको अन्त्यसम्ममा लन्च गरिने पक्कापक्कि भैसकेको स्कोडा स्लाभियको अनुमानित मूल्य बाहिरिएको छ । भारतका बिभिन्न अनलाईन संचारमाध्यमहरुमा प्रकाशन भएको मूल्य अनुसार यो मिड साइज सेडानलाई १० लाख ८० हजारदेखी १७ लाख ७० हजार भारुसम्म पर्ने जनाइएको छ । स्लाभिया एक्टिभ, स्टायल र स्टायल एम्बिसन गरी कुल तीन ट्रिममा उपलब्ध हुनेछ ।
जसमध्ये बेस भेरियन्ट एक्टिभ १.० एमटीको मूल्य १० लाख ८० हजार, एम्बिसन एमटीको १२ लाख ६० हजार, एमटी एटीको १४ लाख, स्टायल एमटीको १४ लाख ५० हजार, स्टायल एटीको १५.७५ लाख, १.५ स्टायल एमटीको १६ लाख ७० हजार र टप भेरियन्ट १.५ स्टायल एटीको १७ लाख ७० हजार भारु पर्ने जनाइएको छ ।
यो सेडान कारले होन्डा सिटी र हुन्डाई भर्नासंग प्रतिस्पर्धा गर्ने देखिएको छ । जसमध्ये होन्डा सिटीको मूल्य ११ लाख २३ हजारदेखी १५ लाख १८ हजार भारुसम्म र भर्नाको ९ लाख ३२ हजारदेखी १५ लाख ३६ हजार भारुसम्म निर्धारण गरिएको छ ।
स्कोडाले यो कारलाई एमक्यूबी ए० आईएन प्लेटफर्ममा उत्पादन गरेको हो ।
जुन प्लेटफर्ममा यसअघि स्कोडाले कुसाक र फक्सवागनले टाइगुन एसयुभी लन्च गरीसकेका छन् । स्लाभियाको १.० लिटर थ्री सिलिन्डर टर्बो चार्जड इन्जिनले ११५ पिएस पावर र १७५ एनएम टर्क तथा १.५ लिटर फोर सिलिन्ड टर्बो इन्जिनले १५० पिएस पावर र २५० एनएम टर्क जेनेरेट गर्ने बताइएको छ । यो कार पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुनेछ ।
भारतीय बजारमा औपचारिक लन्च भए पश्चात यो कार नेपाल समेत भित्रिने आधिकाकिर बिक्रेता एमएडब्लू इन्टरप्राइजेज स्रोतले जानकारी दिएको छ । नेपाल आउँदा यसको सुरुवाती मूल्य ५० लाख हाराहारीबाट शुरु हुने अनुमान लगाउन सकिन्छ ।
अमेरिकन आइकनिक ब्रान्ड जिप -यांगलर नेपाली बजारमा सार्वजनिक भएको १ महिना...
अप्रिल २०२३ देखि भारतमा सवारीसाधनका लागि नयाँ उत्सर्जन मापदण्ड लागू भएको...
नेपालमा फेस्टिभल सिजन सुरुवात भएसँगै सवारी बजारको मुख्य सिजन समेत शुरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...