अन्ततः नेपाल भित्रिदै स्कोडा स्लाभिया : नेपाली सेडान बजारमा बलियो प्रतिस्पर्धी बन्ने

काठमाडौं – लामो समयको प्रतीक्षा पश्चात नेपाली बजारमा स्कोडाको नयाँ सेडान कार ‘स्लाभिया’ भित्रिने भएको छ । गत भदौ महिनामै सम्पन्न हुने अनुमान गरिएको नाडा अटो शोमा ल्याउने तयारी भए पनि त्यतिबेला यो सम्भव भएको थिएन ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा लगाएको प्रतिबन्धसँगै स्लाभिया पनि नेपाल भित्रिन सकेको थिएन । अब भने उक्त सेडान नेपाल ल्याउने प्रक्रिया शुरु गरेको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजको भनाइ छ ।

नेपाली बजारमा दशक देखि नै नम्बर वान सेडान बिक्रेताको पहिचान कायम गरेको स्कोडाले यही कुरालाई मनन गरी अब नयाँ सेडान ‘स्लाभिया’ उपलब्ध गराउने बताएको छ । स्कोडा स्लाभिया भर्सटालिटीका लागि एउटा ठूलो उदाहरण बन्ने छ भने प्रशस्तै स्टोरेज रुम भएको स्लाभिया नेपाली कारप्रेमीका लागि एउटा आवश्यक सवारी साधन बन्ने अपेक्षा कम्पनीले गरेको बताएको छ । यसको १७९ एमएम ग्राउन्ड क्लियरेन्सले सेडान सेगमेन्टमा थप आकर्षण पैदा गर्नेछ ।

स्कोडा स्लाभिया नेपाली बजारमा एउटा मात्र इन्जिन अप्सन १.० टीएसआई इन्जिनमा उपलब्ध हुनेछ, जसले ११५ पीएस पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । उक्त सेडान म्यानुअल र अटोमेटिक दुवै अप्सनमा उपलब्ध हुनेछ ।

सो नयाँ सेडान एमक्युबी एओ इन प्लेटफर्ममा निर्माण गरिएको हो । सोही प्लेटफर्ममा कुशाक पनि निर्माण गरिएको थियो । स्कोडा स्लाभिया एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ वटा भेरिएन्टमा उपलब्ध हुनेछ । नयाँ सेडानको लम्बाई, चौडाई र ह्विलबेस होन्डा सिटी, मारुती सुजुकी सियाज र हुन्डाई भर्ना जस्ता प्रतिद्वन्द्वी गाडीहरू भन्दा बढी हुनेछ । सो कारमा ठुलो क्याबिन स्पेस उपलब्ध हुनेछ र परिवारसँग यात्राको लागि अझ सहज बनाउन सक्नेछ ।

नयाँ स्लाभियामा आकर्षक हेडलाइट, टेल लाइट, बम्पर, ड्यासबोर्ड डिजाइन, १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र टु–स्पोक स्टेयरिङ ह्विल समावेश गरिएको छ । यस सेगमेन्टमा उत्कृष्ट फिचर दिइएको छ, जसमा ३ फरक थिमसहितको नयाँ ८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल समावेश गरिएको छ । सिटहरू अत्यन्त सहज र ठाउँको हिसाबले सेगमेन्टमा उत्कृष्ट छन् ।

सेफ्टीको लागि ६ एयरब्याग, ट्रयाक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल र टायर प्रेसर मनिटर दिइएको छ ।

भारतमा स्कोडा स्लाभिया गत वर्षको फेब्रुअरीमा लन्च भएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...