केवल २० मिनेटमै बिक्री भयो स्कोडा अक्टाभिया आरएस

स्कोडा इन्डियाको नयाँ सेडान अक्टाभिया आरएसले बजारमा अप्रत्याशित सफलता हासिल गरेको छ। कम्पनीले यसको लागि २ लाख ५० हजार भारुको टोकन रकममा बुकिङ खोलेको केही मिनेटमै सबै युनिट बिक्री भइसकेको छ ।  कम्पनीका अनुसार, भारतका लागि उपलब्ध १०० युनिट केवल २० मिनेटमा नै बुक भइसकेको थियो ।

यसअघि, २०२० मा लन्च गरिएको अक्टाभिया आरएस २४५ पनि भारतीय बजारमा अत्यन्त लोकप्रिय बनेको थियो, जसका २०० युनिटहरू एक महिनाभित्रै बिक्री भएका थिए । नयाँ आरएस संस्करणले त्यस सफलतालाई अझ अगाडि बढाउने संकेत दिएको छ।

स्कोडा अक्टाभिया आरएसलाई कम्पनीको सबैभन्दा महँगो मोडल मानिएको छ। यसको मूल्य लगभग ५० लाख भारु छ। सो सेडानमा २.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन जडान गरिएको छ, जसले २६५ हर्सपावर र ३७० एनएम टर्क उत्पादन गर्छ। यो कारले केवल ६.४ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ र यसको अधिकतम गति २५० किलोमिटर प्रतिघण्टा छ ।

अक्टाभिया आरएसमा ७ स्पिड डीएसजी अटोमेटिक गियरबक्स र स्पोर्ट्स एक्जस्ट सिस्टम जडान गरिएको छ । इन्टेरियर डिजाइनमा सुएड र लेदरेट अपहोल्स्ट्री सहितको सम्पूर्ण ब्ल्याक इन्टेरियर दिइएको छ। एक्सटेरियरमा १९ इन्चका अलोय ह्विल, एलईडी म्याट्रिक्स हेडलाइट र आधुनिक एलईडी टेललाइट जडान गरिएको छ ।

यसमा १२.९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, हेड-अप डिस्प्ले, ११-स्पिकर क्यान्टन साउन्ड सिस्टम, वायरलेस चार्जर, ३६०-डिग्री क्यामेरा, पावर्ड टेलगेट र ३-जोन अटो क्लाइमेट कन्ट्रोलजस्ता आधुनिक फिचर समावेश छ । सेफ्टीका लागि १० एयरब्याग र एडास सिस्टम समेत उपलब्ध गराएको छ ।

सम्बन्धित समाचारहरू

कम्फर्ट र सेफ्टी फिचर्स लोडेड हावल जोलियन

कम्फर्ट र सेफ्टी फिचर्स लोडेड हावल जोलियन

चिनियाँ ब्रान्ड ग्रेटवालको सहायक कम्पनी हावल १ दशक लामो समयपछि पुन नेपाली...

यस्तो छ स्पोर्टी लुक र अपडेट फिचरसहितको स्कोडा कुशाक मोन्टे कार्लो

यस्तो छ स्पोर्टी लुक र अपडेट फिचरसहितको स्कोडा कुशाक मोन्टे कार्लो

स्कोडा अटो इन्डियाले कुशाकको मोन्टे कार्लो भर्सन थप स्पोर्टी लुक र अपडेट...

जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’, जिपर्स मिटिङ २०२१ सम्पन्न

जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’, जिपर्स मिटिङ २०२१ सम्पन्न

काठमाडौं – नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...