२०७७ चैत ३० सोमबार,

स्कोडाको नयाँ वर्ष अफर : कम डाउन पेमेन्ट, ५ वर्ष सम्म ५.९९ प्रतिशत ब्याज

Post adv

काठमाडौं – स्कोडा गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले नयाँ वर्ष २०७८ लाई लक्ष्यित गरी ‘अ न्यु जर्नी, अ ब्रान्ड न्यु स्कोडा’ नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत स्कोडाका कुनै पनि गाडी ५.९९ प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने छ । सो ब्याजदर ५ वर्ष सम्म परिवर्तन हुने छैन ।

त्यसैगरी गाडी खरिद गर्दा शुरुमा १० लाख रुपैयाँ देखि डाउन पेमेन्टवापत बुझाउन सकिने छ ।

गाडी खरिदका लागि फाइनान्सका साथै एक्सचेन्ज गर्नेहरुका लागि एक्सचेन्ज बोनसको सुविधा समेत उपलब्ध गराइएको छ । त्यसैगरी निःशुल्क एसेसरिज र अन्य विभिन्न सुविधा समेत प्राप्त गर्न सकिन्छ ।

स्कोडाका गाडीहरु खरिद गरे पश्चात ४ वर्ष सम्म वा १ लाख किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध छ ।

Advertise Eleven Advertise Ten Advertise Nine

नेपाली बजारमा स्कोडाका -यापिड, सुपर्व, कारोक र कोडियाका गाडी उपलब्ध छन् । -यापिड टीएसआई म्यानुअल ट्रान्समिसनको मूल्य ३६ लाख ९० हजार देखि ५१ लाख ९० हजार र -यापिड टीएसआई अटोमेटिक ट्रान्समिसनको मूल्य ४४ लाख ९० हजार देखि ५८ लाख ९० हजार रुपैयाँ सम्म छ ।

त्यसैगरी सुपर्वको मूल्य १ करोड ३९ लाख र १ करोड ४९ लाख, कारोकको मूल्य १ करोड ३० लाख र कोडियाकको मूल्य १ करोड ६५ लाख रुपैयाँ तोकिएको छ ।

Post adv

लोकप्रिय

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...