नयाँ डिजाइन ल्याङग्वेजमा आधारित एसयूभी सार्वजनिक गर्ने स्कोडाको तयारी

स्कोडा अटोले नयाँ डिजाइन ल्याङ्ग्वेजमा आधारित एसयूभी मोडर्न सोलिड लन्च गर्ने योजना बनाएको छ । रिपोर्टका अनुसार सो एसयूभी पूर्णतया इलेक्ट्रिक हुने सम्भावना छ । कार निर्माताले सो एसयूभीको अगाडिको भागको खुलासा गरेको छ ।

टिजर तस्विरका अनुसार यसको अगाडि ठूलो ग्रिल र स्किड प्लेट छ, जसमा ठाडो स्लट बनाइएको छ । यो एसयूभीमा ठूलो हेडल्याम्प क्लस्टर दिइएको छ । दुबै हेडलाइटको छेउमा भर्टिकल एलईडी डीआरएल दिइएको छ । साइडमा विन्डो लाइन छ तर यसमा बी पिलर छैन । कारको रियरमा स्लिक टेललाइट र कालो बम्पर दिइएको छ ।

स्कोडाले हालै भारतमा स्लाभिया कम्प्याक्ट सेडान लन्च गरेको छ । यो सेडान होन्डा सिटी, हुन्डाई भर्ना र मारुती सुजुकी सियाजसँग प्रतिस्पर्धामा लन्च गरिएको हो ।

स्कोडा स्लाभिया १.० टीएसआई र १.५ लिटर टीएसआई इन्जिनमा उपलब्ध छ । यसको १.५ लिटर टीएसआई इन्जिनले १५० बीएचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । यो दुवै इन्जिनमा ६ स्पिड म्यानुअल र ७ स्पिड डीसीटी अटोमेटिक गियरबक्सको विकल्प उपलब्धमा छ ।

नेपाली बजारमा समेत स्कोडाका गाडी उपलब्ध छन् । पछिल्लो समयमा नेपाली बजारमा भित्रिएको स्कोडा कुशाक निकै नै रुचाइएको गाडी हो ।

सम्बन्धित समाचारहरू

आयो नयाँ जिप कम्पास ट्रेलहक, बन्यो अझै अफरोड ड्राइभिङमैत्री

आयो नयाँ जिप कम्पास ट्रेलहक, बन्यो अझै अफरोड ड्राइभिङमैत्री

जिप इन्डियाले भारतीय बजारमा जिप कम्पास ट्रेलहक लन्च गरेको छ । केही दिन...

नेपाली बजारमा ग्रेटवाल ह्यावल जोलियन कार छिट्टै उपलब्ध हुने

नेपाली बजारमा ग्रेटवाल ह्यावल जोलियन कार छिट्टै उपलब्ध हुने

ग्रेटवाल ह्यावल जोलियन कार नेपाली बजारमा उपलब्ध हुने भएको छ । चीनको...

कुशाक र टाइगुनले नयाँ नियम अनुसारको क्रयास टेस्टमा पाए फाइभ सेफ्टी स्टार रेटिङ

कुशाक र टाइगुनले नयाँ नियम अनुसारको क्रयास टेस्टमा पाए फाइभ सेफ्टी स्टार रेटिङ

स्कोडा कुशाक र फक्सवागन टाइगन दुबै मिड साइज एसयूभी हुन् । दुबै मोडलको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...