स्कोडाले एमक्युबी एओ प्लेटफर्ममा आधारित अर्को कम्प्याक्ट एसयूभी ल्याउने

स्कोडा अटोको कुशाक र स्लाभियाको सफलता पछि अब नयाँ एसयूभी ल्याउने योजना बनाएको छ । रिपोर्टका अनुसार स्कोडा अटोले फेब्रुअरी २७, २०२४ मा आफ्नो आगामी कारको बारेमा थप विवरणहरू सार्वजनिक गर्नेछ । कम्पनीको सो कम्प्याक्ट एसयूभी फाबियापछि पहिलो सब–४ मिटर मोडल हुनेछ ।

सो कम्प्याक्ट एसयूभी स्कोडा कुशाकको सानो समकक्ष हुने अपेक्षा गरिएको छ । सो कार एमक्युबी–एओ (इन) प्लेटफर्ममा पनि बनाइनेछ । हाल स्कोडा अटोको मुख्यतया तीनवटा कार बिक्रीका लागि उपलब्ध छन् । जसमा स्लाभिया सेडान, कुशाक मिड साइज एसयूभी र कोडियाक फुल साइज एसयूभी समावेश छ ।

रिपोर्टका अनुसार सो कम्प्याक्ट साइजको एसयूभीमा १.० लिटर टीएसआई इन्जिन र १.५ लिटर टीएसआई इन्जिन उपलब्ध गराइने बताइएको छ । यसले ११० बीएचपीको पावर जेनेरेट गर्न सक्षम हुनेछ ।

स्कोडाले आफ्नो नयाँ एसयूभी २०२५ मा लन्च गर्ने अपेक्षा गरिएको छ । सो कम्प्याक्ट एसयूभीले बजारमा सुजुकी ब्रेजा, किया सोनेट, हुन्डाई भेन्यु, टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

आउँदै नयाँ स्कोडा सुपर्व, हाइब्रिड इन्जिनमा इलेक्ट्रिक रेन्ज १०० किलोमिटर हुने

आउँदै नयाँ स्कोडा सुपर्व, हाइब्रिड इन्जिनमा इलेक्ट्रिक रेन्ज १०० किलोमिटर हुने

स्कोडाले आफ्नो लोकप्रिय सेडान सुपर्वको चौथो जेनेरेशन बजारमा ल्याउने भएको...

फक्सवागन र स्कोडा गाडीमा प्रयोग हुने टीएसआई इन्जिन के हो, के छ यसको फाइदा ?

फक्सवागन र स्कोडा गाडीमा प्रयोग हुने टीएसआई इन्जिन के हो, के छ यसको फाइदा ?

नेपाली बजारमा कारोबार हुने दुई युरोपियन ब्रान्ड फक्सवागन र स्कोडा कारमा...

डिजाइन र टेक्नोलोजी खोज्ने ग्राहकलाई चांगन उत्तम विकल्प बन्नसक्छ

डिजाइन र टेक्नोलोजी खोज्ने ग्राहकलाई चांगन उत्तम विकल्प बन्नसक्छ

नेपाली बजारमा चांगन ब्रान्ड छिट्टै नै भित्रिने क्रममा छ । यसै सन्दर्भमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...