सब–कम्प्याक्ट एसयूभी लन्च गर्ने तयारीमा स्कोडा, मार्च २०२५ मा सार्वजनिक गर्नेछ पहिलो कार

स्कोडा अटो इन्डियाले सन् २०२६ सम्ममा भारतमा वार्षिक १ लाख कार बिक्री गर्ने लक्ष्य राखेको छ । यसका लािग कम्पनीले भारतमा नयाँ सब–कम्प्याक्ट एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले आफ्नो वेबसाइट र सोशल मिडिया प्लेटफर्ममा आगामी सब–कम्प्याक्ट एसयूभीको झलक पेस गरेको छ । भारतमा सो नयाँ एसयूभीले टाटा नेक्सन र मारुती ब्रेजासँग प्रतिस्पर्धा गर्नेछ ।

मिडिया रिपोर्टका अनुसार नयाँ सब–कम्प्याक्ट एसयूभी एमक्युबी एओ इन प्लेटफर्ममा आधारित हुनेछ । कम्पनीले सो एसयूभी सन् २०२५ को पहिलो त्रैमासिकमा लन्च गर्न सक्नेछ । यद्यपि स्कोडाले सो एसयूभीको लन्च मिति, फिचर र इन्जिनका बारेमा कुनै जानकारी दिएको छैन ।

नयाँ सब–कम्प्याक्ट एसयूभीमा स्कोडा कुशाक र स्लाभियामा जस्तै १.० लिटर ३ सिलिन्डर, डाइरेक्ट इन्जेक्शन टर्बो पेट्रोल टीएसआई इन्जिन दिन सक्ने सम्भावना छ । सो इन्जिनले ११५ एचपी पावर र १७८ एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसनका लागि इन्जिनमा ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स हुनेछ ।

कम्पनीले आगामी सब–कम्प्याक्ट एसयूभीको नामका लागि सुझाव मागेको छ । विजेतालाई
नयाँ स्कोडा कार वा चेक राजधानी प्रागको यात्रा जित्ने मौका मिल्नेछ । तर सब–कम्प्याक्ट एसयूभीको नाम ‘के’ बाट सुरु भएर ‘क्यु’ मा अन्त्य हुनुपर्नेछ ।

सम्बन्धित समाचारहरू

सार्वजनिक भएको १ महिना नपुग्दै १५ युनिट बिक्री भयो जिप -यांगलर, मूल्य २ करोड ७९ लाखसम्म

सार्वजनिक भएको १ महिना नपुग्दै १५ युनिट बिक्री भयो जिप -यांगलर, मूल्य २ करोड ७९ लाखसम्म

अमेरिकन आइकनिक ब्रान्ड जिप -यांगलर नेपाली बजारमा सार्वजनिक भएको १ महिना...

स्कोडाले एमक्युबी एओ प्लेटफर्ममा आधारित अर्को कम्प्याक्ट एसयूभी ल्याउने

स्कोडाले एमक्युबी एओ प्लेटफर्ममा आधारित अर्को कम्प्याक्ट एसयूभी ल्याउने

स्कोडा अटोको कुशाक र स्लाभियाको सफलता पछि अब नयाँ एसयूभी ल्याउने योजना...

चर्चामा दुई चाइनिज पिकअप ब्रान्ड, यस्तो छ मूल्य र फिचर्स

चर्चामा दुई चाइनिज पिकअप ब्रान्ड, यस्तो छ मूल्य र फिचर्स

पिकअप नेपाली बजारमा निकै नै रुचाइएको सवारीसाधन हो । पर्याप्त सामान राख्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...