स्कोडाले ल्याउने भयो मिड साइज सेडान स्लाभिया, रेपिड भन्दा केही लामो हुने

स्कोडाले नयाँ कार स्लाभियालाई यो बर्षको अन्तिम अर्थात आगामी बर्ष सन् २०२२ को पहिलो त्रैमासभित्रै भारतीय बजारमा उतार्ने भएको छ । फक्सवागन ग्रुपको इण्डिया २.० प्रोजेक्ट अन्तर्गत यसअघि कुसाक र टाइगुन एसयुभी लन्च गरेको स्कोडाले सोही प्रोजेक्टको तेस्रो कारका रुपमा मिड साइज सेडान स्लाभियालाई उतार्ने भएको हो । यो कार हालको रेपिडभन्दा केही लामो हुने भएपनि यसले रेपिडलाई बिस्थापित भने नगर्ने स्कोडाले जनाएको छ ।

कुशाक एसयुभीलाई जस्तै स्कोडाले यो सेडानलाई समेत स्थानियकरण गरिएको एमक्यूबी–एओ–इन प्लेटफर्ममा उत्पादन गर्ने जनाएको छ । यसकोे लम्बाई ४४८० र ह्विलबेश २६५१ एमएम रहनेछ । जुन रेपिडको तुलनामा ७७ एमएम बढी लामो हो । यो रेपिड भन्दा माथिल्लो स्तरको कार हुने कम्पनीले बताएको छ । यो नयाँ कार न्यू एज स्कोडा ग्रिल र स्लिक डिजाइन साथ आउनेछ ।

यसमा सिग्नेचर बटरफ्लाई ग्रिल, एलइडी डिआरएलको साथ सार्प हेडल्याम्प, एलइडी टेल लाइट, डायमन्ड कट एलोई ह्विल, एन्ड्रोइड अटो र एप्पल कार प्ले सपोर्ट गर्ने १० इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, इलेक्ट्रिक सनरुफ, क्रुज कन्ट्रोल, क्लाइमेट कन्ट्रोल, कनेक्टेड कार टेक्नोलोजी, भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग र प्रिमियम साउन्ड सिस्टमका साथै अनगिन्ती सेफ्टि फिचर्स उपलब्ध गराइनेछ ।

स्लाभिया टिएसआई इन्जिनमा १.० र १.५ लिटर क्षमतमा उपलब्ध हुने बताइएको छ । जसमध्ये १.० लिटर क्षमताको इन्जिनले ११५ एचपी पावर र २०० एनएम टर्क प्रदान गर्ने अनुमान गरिएको छ । ३ सिलिन्डरको यो इन्जिनमा ६ स्पिड म्यानुअल अर्थात ६ स्पिडकै टर्क कन्भर्टेड अटोमेटिक गियरबक्स मध्ये कुनै एक अप्सन उपलब्ध हुनेछ । त्यसैगरी १.५ लिटर क्षमताको इन्जिनले १४७ एचपी पावर र २५० एनएम टर्क प्रदान गर्ने अनुमान लगाइएको छ । ४ सिलिन्डरको यो इन्जिनमा भने डिसिटी अटोमेटिक गियर बक्स उपलब्ध गराइने पक्कापक्कि भैसकेको छ ।

यो नयाँ कार बजारमा आइसकेपछि यसले फक्सवागनकै तत्काल बजारमा आउने तयारीमा रहेको भर्टस सेडान सहित होन्ड सिटी, हुन्डाई भर्ना र मारुती सुजुकी सियाजसंग प्रतिस्पर्धा गर्नेछ । स्कोडाले यो कारलाई ९ देखी १५ लाख भारतीय रुपैयाँको बिचमा बिक्री गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

स्कोडाको पुरानो कुशाक र फेसलिफ्ट संस्करणमा के छ फरक ?

स्कोडाको पुरानो कुशाक र फेसलिफ्ट संस्करणमा के छ फरक ?

स्कोडाले कुशाकको फेसलिफ्ट संस्करण सार्बजनिक गरेको छ । नयाँ मोडलमा डिजाइन,...

चर्चामा दुई चाइनिज पिकअप ब्रान्ड, यस्तो छ मूल्य र फिचर्स

चर्चामा दुई चाइनिज पिकअप ब्रान्ड, यस्तो छ मूल्य र फिचर्स

पिकअप नेपाली बजारमा निकै नै रुचाइएको सवारीसाधन हो । पर्याप्त सामान राख्न...

लामो समय पश्चात नेपाल भित्रियो स्कोडाको नयाँ गाडी, मूल्य र फिचर यस्तो

लामो समय पश्चात नेपाल भित्रियो स्कोडाको नयाँ गाडी, मूल्य र फिचर यस्तो

काठमाडौं – नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्लु एक्सपान्जले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...