स्कोडा एलरोक इलेक्ट्रिक एसयूभी लन्च, फुल चार्जमा ५६० किमी भन्दा बढी रेन्जको दाबी
स्कोडा अटोले विश्व बजारमा आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी एलरोक...
बुकिङ खोलेको १० दिनमा स्कोडाले काइल्याक कम्प्याक्ट एसयूभीका लागि १० हजारभन्दा बढी बुकिङ प्राप्त गरेको छ । सो नयाँ एसयुभीको डेलिभरी जनवरी २७ देखी गर्ने स्कोडाले जनाएको छ ।
एमक्यूबी ए०– आईएन प्लेटफर्ममा आधारित ब्रान्डको पहिलो कम्प्याक्ट एसयूभी काइल्याक कुशाक भन्दा केही सानो छ । सो नयाँ एसयुभी क्लासिक, सिग्नेचर, सिग्नेचर प्लस र प्रेस्टिज गरी कुल ४ भेरिएन्टमा उपलब्ध छ । भारतमा यसको सुरवाती मुल्य ७ लाख ८९ हजार भारु निर्धारण गरिएको छ ।
नयाँ एसयुभीमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको साथ ८ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १०.१ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली राखिएको छ । सब–४ मिटर एसयूभीमा भेन्टिलेटेड फ्रन्ट सिट, इलेक्ट्रिकली एडजस्ट गर्न मिल्ने ड्राइभर सिट, वायरलेस फोन चार्जर, क्यान्टन साउन्ड सिस्टम र एम्बियन्ट लाइटिङ समेत पाउन सकिन्छ ।
काइल्याकमा स्कोडाको उहि परानो १.० लिटर टर्बो–पेट्रोल इन्जिन जडान गरिएको छ । जसले ११३ बिएचपी पावर र १७८ एनएम टर्क जेनेरेट गर्दछ । एसयुभी ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्पमा उपलब्ध हुनेछ ।
कुशाक भन्दा सस्तो मुल्यमा आएको काइल्याक अवको केही समयपछि नेपाली बजारमा समेत उपलब्ध हुनेछ । नेपाल आउँदा यसको सुरुवाती मुल्य ४० लाख हाराहारीबाट सुरु हुने अनुमान गर्न सकिन्छ ।
स्कोडा अटोले विश्व बजारमा आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी एलरोक...
स्कोडाले छिट्टै बजारमा ल्याउने तयारी गरेको नयाँ इलेक्ट्रिक एसयूभी एलरोक...
स्कोडा र फक्सवागनले बजारमा धेरै उत्कृष्ट कार र एसयूभी बिक्री गरिरहेका छन्...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...