स्कोडा काइल्याकको भारतमा बुकिङ खुला, नेपाल आएपछि यी एसयूभीसँग प्रतिस्पर्धा

स्कोडाले आफ्नो नयाँ सव फोर मिटर एसयूभी काइल्याकको भारतमा बुकिङ खुला गरेको छ । सुरुवाती मूल्य ७ लाख ८९ हजार भारु निर्धारण गरेर वुकिङ खुला गरिएको काइल्याकलाई ग्राहकले जनवरी २७ देखी हात पार्न सक्ने जनाइएको छ । यसको सबैभन्दा महंगो भेरिएन्टलाई १४ लाख ४० हजार भारु पर्छ ।

काइल्याकको फ्रन्ट र रियर धेरैजसो कुशाकसँग मिल्दोजुल्दो छ । यसमा १७ इन्चको अलोय ह्विल छ । यसको बोल्ड रोड प्रेजेन्सबाट धेरैलाई आकर्षण गर्ने अनुमान गरिएको छ । कम बजेट भएका ग्राहकलाई यसले आकर्षण गर्ने अनुमान गरिएको छ ।

स्कोडा काइल्याकको इन्टेरियरमा धेरै एड्भान्स्ड फिचर रहेका छन् । यसमा ड्युअल डिजिटल स्क्रिन, पावर्ड ड्राइभर सिट, लेदरेट अपहोल्स्ट्री, कनेक्टेड कार टेक्नोलोजी, एम्बियन्ट लाइटिङ र ६–स्पिकर कान्टन साउन्ड सिस्टम लगायतका फिचर उपलब्ध छन् ।

सेफ्टीका लागि यसका सबै भेरिएन्टमा ६ एयरब्याग, एबीएस, ईबीडी, ट्रयाक्सन कन्ट्रेल र सबै यात्रीका लागि आइएसओफिक्स चाइल्ड सिट माउन्टिङ प्वाइन्ट, हेडरेस्ट र थ्री–प्वाइन्ट सिटबेल्ट जस्ता फिचर छन् ।

स्कोडा काइल्याक ३.९५ मिटर लामो छ । यसको ह्विलबेस २.५६ मिटर छ । यसको ग्राउन्ड क्लियरेन्स १८९ एमएम छ । यसमा ४४६ लिटरको बुटस्पेस छ र सिटलाई तल बनाएर यसलाई १ हजार २६५ लिटर सम्म बढाउन सकिन्छ ।

नयाँ स्कोडा काइल्याकमा १.० लिटर टीएसआई पेट्रोल इन्जिन छ, जसले ११४ बीएचपी पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिन ६–स्पिड एमटी वा एटीका साथ उपलब्ध हुन्छ ।

काइल्याक अवको केही समयपछि नेपाली बजारमा समेत आउने अनुमान गर्न सकिन्छ । नेपाल आएपछि यसले हुन्डाई भेन्यु, किया सोनेट, मारुती सुजुकी फ्रंक्स तथा ब्रेजा र टाटा नेक्सन लगायतसंग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

एमएडब्लुले नेपालमा विक्री ग-यो १० हजार जेसीबी मेसिन, निकोलस पाण्डे बने १० हजारौं ग्राहक

एमएडब्लुले नेपालमा विक्री ग-यो १० हजार जेसीबी मेसिन, निकोलस पाण्डे बने १० हजारौं ग्राहक

काठमाडौं – नेपालका लागि जेसीबी मेसिनको आधिकारिक विक्रेता एमएडब्लु...

नेपाली बजारमा भित्रियो चांगनको प्रिमियम सेडान ‘एल्सभीन’, मूल्य ४२ लाख

नेपाली बजारमा भित्रियो चांगनको प्रिमियम सेडान ‘एल्सभीन’, मूल्य ४२ लाख

काठमाडौं – नेपाली बजारमा चांगन अटोले आफ्नो प्रिमियम सेडान ‘एल्सभीन’...

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

स्कोडा अटोले इन्ट्री लेभल इलेक्ट्रिक कार एपिकको कन्सेप्ट मोडल ल्याएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...