जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’, जिपर्स मिटिङ २०२१ सम्पन्न
काठमाडौं – नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई...
स्कोडा कुशाक र फक्सवागन टाइगन दुबै मिड साइज एसयूभी हुन् । दुबै मोडलको ग्लोबल एनसीएपी क्रयास टेस्ट रेटिङ सार्वजनिक भएको छ । दुबै मोडलले ५ स्टार सेफ्टी रेटिङ पाएका छन् ।
सो दुबै मोडल फक्सवागन ग्रुपको एमक्युबी एओ आईएन प्लेटफर्ममा निर्माण गरिएको हो । जसका कारण दुबैले समान सेफ्टी रेटिङ प्राप्त गरेका हुन् । दुवै मोडलले वयस्क सेफ्टीमा ३४ मध्ये २९.६४ र बाल सेफ्टीमा ४९ मध्ये ४२ अंक प्राप्त गरेका छन् । सो मोडेलहरूमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल स्यान्डर्डको रूपमा प्रदान गरिएको छ ।
साइडबाट हुने टक्करमा भने सामान्य पाइएको छ । फ्रन्ट र साइड इफेक्टमा बच्चाहरूको सेफ्टीको लागि पूर्ण रूपमा सुरक्षित भएको पाइयो । दुबै मोडलले चालक र यात्रुको टाउको र घाँटीमा राम्रो सपोर्ट प्रदान गरेको छ भने चालकको छातीमा पर्याप्त सपोर्ट पाएको छ । दुबै एसयूभीमा पछाडिको सिटमा आइसोफिक्स प्वाइन्ट दिइएको छ, जसका कारण यो सुरक्षित रहेको पाइएको छ ।
दुबै एसयूभीका २ वटा एयरब्यागसहितको बेस मोडल र साइड पोल इम्प्याक्ट टेस्टको लागि ६ वटा एयरब्यागसहितको मोडलको टेस्ट गरिएको थियो । दुबै मोडलमा एडजस्टेबल हेडरेस्टसहित ३ पोइन्ट सिट बेल्ट, फ्रन्टको सिटका लागि सिट–बेल्ट रिमाइन्डर, ६ वटा एयरब्याग, रोल ओभर सेफ्टी र बच्चाको लागि आइसोफिक्स जस्ता फिचर समावेश गरिएको छ ।
साथै दुबै एसयूभीमा हिल होल्ड कन्ट्रोल, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक डिफरन्सियल लक सिस्टम, मल्टि–कोलिजन ब्रेकिङ, ब्रेक डिस्क वाइपिङ, क्यामेरासहितको रियर पार्किङ सेन्सर र साइड इफेक्ट प्रोटेक्शन बीम समावेश गरिएको छ ।
जीएनसीएपीले क्रयास टेस्टका लागि नयाँ नियम ल्याएको छ जसले इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल अनिवार्य बनाएको छ । सो फिचर सबै भेरिएन्टमा स्ट्यान्डर्ड बनाइएको छ । पैदल यात्रुको सेफ्टीका लागि नयाँ स्तर, पोल साइड इफेक्ट र सिट बेल्ट रिमाइन्डर प्वाइन्ट थपिएको छ ।
काठमाडौं – नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई...
स्कोडा अटो फक्सवागन इन्डिया प्रालिले भारतमा १५ लाख युनिट कार उत्पादन गरेर...
चांगन अटोको उत्कृष्ट सेडान एल्सभिनले छोटो समयको अन्तरालमै नेपाली बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...