केही दिनमै स्कोडा कुशाकको मूल्य नेपालमा सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?

काठमाडौं – नेपाली बजारका लागि स्कोडा कुशाकको मूल्य केही दिनमै सार्वजनिक हुने भएको छ । नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले केही दिनमै यसको मूल्य सार्वजनिक गर्ने संकेत गरेको छ ।

यद्यपि यो भन्दा पहिले नै नेपाली बजारमा यसको मूल्य ५० लाख देखि ६५ लाख रुपैयाँ सम्म हुन सक्ने धेरैले अनुमान गरेका छन् । तर पनि वास्तविक मूल्य कति हुन्छ, यसका लागि भने केही दिन पर्खिनु पर्नेछ ।

भारतमा स्कोडा कुशाकको मूल्य १० लाख ४९ हजार देखि १७ लाख ५९ हजार रुपैयाँ सम्म तोकिएको छ । भारतीय बजारका लागि यो निकै नै प्रतिस्पर्धि मूल्य हो । यसकारण पनि भारतमा स्कोडा कुशाकको चर्चा चुलिएको छ । भारतमा १० दिनकै अवधिमा २ हजार ५ सय युनिट कुशाक बुकिङ भएका छन् । यसको डेलिभरी समेत प्रारम्भ भइसकेको छ ।

अब स्कोडा कुशाकको प्रतीक्षामा नेपाली ग्राहक छन् । नेपाली बजारमा पनि स्कोडा कुशाकको बुकिङ प्रारम्भ भइसकेको छ । मूल्य सार्वजनिक भए पश्चात केही दिनमै नेपाली बजारमा समेत यो गाडी बिक्रीका लागि उपलब्ध हुनेछ । कम्पनीले पहिले नै साउन महिना देखि यो गाडी नेपाली बजारमा उपलब्ध हुने बताइसकेको छ ।

स्कोडा कुशाक भारतमा फक्सवागन ग्रुपको प्रोजेक्ट २.० अन्तर्गत बनेको पहिलो गाडी हो । सो प्रोजेक्टमा यो ग्रुपले १ अर्ब युरो लगानी गरेको छ, जुन सिंगल बजारका लागि यति धेरै खर्च गरिएको पहिलो उदाहरण हो । यस अन्तर्गत यसमा ९५ प्रतिशत स्थानीयकरण गरिएको छ, जसले गर्दा गाडी कम मूल्यमै उपलब्ध हुनुका साथै बिक्री पछिको सेवा (आफ्टर सेल्स सर्भिस) मा समेत सहजता हुने बताइएको छ । स्कोडा कुशाक एमक्यूबी–एओ–आईएन प्लेटफर्ममा बनेको छ, जुन भारतीय बजारकै लागि विशेष रुपमा बनाइएको हो ।

भारतमा समेत हाल १.० लिटर टीएसआई इन्जिनयुक्त स्कोडा कुशाक डेलिभरी हुँदैछ । नेपाली बजारमा पनि यही स्कोडा कुशाक उपलब्ध हुने बताइएको छ । स्कोडा कुशाक तीन भेरिएन्ट एक्टिभ, एम्बिसन र स्टाइलमा उपलब्ध हुनेछ ।

स्कोडा कुशाकमा पाँच कलर अप्सन उपलब्ध हुने छन् । यसले मिड साइज एसयूभी सेगमेन्टमा हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा गर्नेछ ।

कुशाक संस्कृत शब्द हो र यसको अर्थ राजा वा सम्राट हुन्छ । यद्यपि यो कारले आफ्नो क्षमता र पर्फमेन्सका आधारमा राजा वा सम्राट बन्छ वा बन्दैन भन्ने कुरा थाहा पाउन भने केही समय पर्खिनु पर्नेछ ।

सम्बन्धित समाचारहरू

कुपे मोडलको स्कोडा इन्याक फेसलिफ्टको स्केच जारी, सन् २०२५ मा लन्च हुने

कुपे मोडलको स्कोडा इन्याक फेसलिफ्टको स्केच जारी, सन् २०२५ मा लन्च हुने

स्कोडा इन्याक फेसलिफ्टको स्केच जारी भएसँगै सो इलेक्ट्रिक एसयूभीले धेरैको...

आयात खुल्ने प्रतीक्षामा जिप मेरिडियन : साउन पश्चात नेपाल आउने सम्भावना

आयात खुल्ने प्रतीक्षामा जिप मेरिडियन : साउन पश्चात नेपाल आउने सम्भावना

काठमाडौं – नेपाली बजारमा जिपको प्रसिद्ध सेभेन सिटर एसयूभी मेरिडियन उपलब्ध...

स्कोडाले २०२६ सम्ममा ६ नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, सुपर्व र कोडियाक हाइब्रिड इन्जिनमा आउने

स्कोडाले २०२६ सम्ममा ६ नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, सुपर्व र कोडियाक हाइब्रिड इन्जिनमा आउने

स्कोडा अटोले आफ्नो भावी योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत २०२५ सम्म ६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...