जिपको ५०औं वार्षिकोत्सवमा सार्वजनिक भिडियोमा देखियो अन्डरवाटर कार (भिडियो सहित)
अमेरिकी कार निर्माता कम्पनी जिपले यो महिना स्थापनाको ८०औं वर्ष मनाइरहेको...
स्कोडा अटो इन्डियाले कुशाकको मोन्टे कार्लो भर्सन थप स्पोर्टी लुक र अपडेट फिचरसहित भारतमा लन्च गरेको छ । सो नयाँ एसयूभीको एक्सटेरियरमा धेरै कस्मेटिक परिवर्तनका साथै फिचर पनि अपडेट गरिएको छ ।
स्कोडा कुशाक मोन्टे कार्लो १५ लाख ९९ हजार भारु मूल्यमा लन्च गरिएको हो । यसको टप मोडल १.५ टीएसआई डीसीटीको मूल्य १९ लाख ४९ हजार, बेस मोडेल १.० टीएसआई एमटीको मूल्य १५ लाख ९९ हजार, १.० टीएसआई एटी मोडलको मूल्य १७ लाख ६९ हजार र १.५ टीएसआई एमटीको मूल्य १७ लाख ८९ हजार भारु तोकिएको छ ।
नयाँ मोन्टे कार्लोको इन्टेरियर निकै स्टाइलिस बनाइएको छ । कुशाक मोन्टे कार्लोको इन्टेरियरमा स्ट्यान्डर्ड कारको ग्रे–ब्ल्याक इन्टेरियरको सट्टामा नयाँ ड्युअल टोन रेड ब्ल्याक थिम दिइएको छ । ड्यासबोर्ड, सेन्टर कन्सोल र चारै ढोकामा नयाँ रातो रङको इन्सर्ट छ । सिटमा कन्ट्रास्ट रेड स्टिचिङको साथ नयाँ रेड–ब्ल्याक अपहोल्स्ट्री र हेडरेस्टहरूमा मोन्टे कार्लो लेखिएको छ ।
कुशाक मोन्टे कार्लोको एक्सटेरियरमा ग्रिल, विंग मिरर, रूफ रेल, ढोकाको ह्यान्डल र बम्पर इन्सर्ट कालो रङ समावेश गरिएको छ र फ्रन्ट र रियरमा स्किड प्लेट छ । यसको फ्रन्टको फन्डरमा मोन्टे कार्लो ब्याजिङ छ जबकि टेलगेटमा स्कोडा र कुशाक मोन्टा कालो समावेश छ ।
कुशाक मोन्टे कार्लो ४ पावरट्रेनको साथमा उपलब्ध छ । नयाँ एसयूभीमा २ वटा पेट्रोल इन्जिन रहेको छ । यसमा पहिलो १.० लिटर ३ सिलिन्डर टीएसआई इन्जिन, जसले ११३ बीएचपी र १७५ एनएम टर्क जेनेरेट गर्छ । दोस्रो १.५ लिटर ४ सिलिन्डर टीएसआई इन्जिनद्वारा संचालित छ, जसले १४८ बीएचपी र २५० एनएम टर्क जेनेरेट गर्छ ।
ट्रान्समिसन विकल्पमा १.० लिटर टीएसआईमा वैकल्पिक ६ स्पिड अटोमेटिक ट्रान्समिशनको साथमा ६ स्पिड म्यानुअल गियरबक्स समावेश छ । जबकि १.५ लिटर टीएसआईमा ७ स्पिड डीएसजी गियरबक्समा जडान गरिएको छ । यसमा १७ इन्च अलोय ह्विल दिइएको छ ।
नयाँ मोन्टो कार्लोमा एलईडी हेडल्याम्प, अटोमेटिक वाइपर र हेडल्याम्प, वायरलेस कनेक्टिभिटीसहितको १० इन्चको टचस्क्रिन, भेन्टिलेटेड फ्रन्ट सिट, सबवुफरसहित ६ स्पिकर साउन्ड सिस्टम, ६ वटा एयरब्याग र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर रहेको छ ।
सो एसयूभीले हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन ताइगुन, एमजी एस्टर र निसान किक्ससँग प्रतिस्पर्धा गर्नेछ ।
अमेरिकी कार निर्माता कम्पनी जिपले यो महिना स्थापनाको ८०औं वर्ष मनाइरहेको...
ग्रेटवाल ह्यावल जोलियन कार नेपाली बजारमा उपलब्ध हुने भएको छ । चीनको...
काठमाडौं – नेपालका लागि जेसीबीको आधिकारीक विक्रेता एमएडब्लु अर्थमुर्भस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...