स्कोडा कुशाक भारतमा सार्वजनिक गरिएको छ । यो कम्पनीको नयाँ मोडल हो जुन एमक्युबी एओ इन आर्किटेक्चरमा तयार पारिएको हो । स्कोडा कुशाकको कन्सेप्ट मोडल अटो एक्सपो २०२० मा प्रदर्शन गरिएको थियो ।
कुशाक शब्द संस्कृतबाट लिइएको हो । जसको अर्थ राजा वा शासक हो । सो कार विशेषगरी भारतीय सडकको लागि निर्माण गरिएको हो र ९५ प्रतिशत लोकलाइज्ड रहेको छ ।
स्कोडा कुशाकमा कम्पनीको सिग्नेचर ग्रिल, स्प्लिट प्रोजेक्टर हेडल्याम्प, एंगुलर बम्पर, ठूलो एयर इनटेक र स्किड प्लेट समावेश गरिएको छ । सो कारमा स्प्लिट एलईडी हेडलाइट, फग ल्याम्प समावेश गरिएको छ । यसमा १७ इन्चको ड्युअल टोन अलोय ह्विल जडान गरिएको छ ।
सो कारमा फङ्सनल रुफ रेल, बुमर्याङ आकारमा एलईडी टेललाइट, रुफ स्पोइलर, रेक्ड विन्डस्क्रिन, एग्रेसिभ रियर बम्पर, फक्स सिल्भर ब्यास प्लेट, इलेक्ट्रिक सनरुफ जस्ता फिचर समावेश गरिएको छ । इन्टेरियर क्याबिनमा ओरेन्ज हाइलाइट समावेश गरिएको छ र ड्यासबोर्डमा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ ।
यसमा दुई मोबाइल राख्नको लागि पकेट रहेको छ । साथै डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ड्युअल टोन इन्टेरियर थिम, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड सिट, ७ स्पिकर अडियो सिस्टम, वायरलेस स्मार्टलिंक, एन्ड्रोइड अटो, एप्पल कारप्ले, टाइप सी पोर्ट्स रहेको छ ।
सुरक्षाको लागि स्कोडा कुशाकमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, ६ एयरब्याग, ईएससी, हिल होल्ड कन्ट्रोल, रेन एन्ड लाइट सेन्सर, क्रुज कन्ट्रोल र टायर प्रेसर मनिटरिङ सिस्टम समावेश गरिएको छ । यसमा ३८५ लिटरको बुट स्पेस रहेको छ जसलाई १४०५ लिटर सम्म बढाउन सकिन्छ ।
स्कोडा कुशाकमा दुई टर्बाेचार्ज्ड पेट्रोल इन्जिनको विकल्प रहेको छ । जसमा पहिलो १.० लिटर ३ सिलिन्डर टीएसआई पेट्रोल इन्जिन रहेको छ । जसले ११० बीएचपीको पावर र १७५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स समावेश गरिएको छ ।
स्कोडा कुशाकमा दोस्रो इन्जिन १.५ लिटर टीएसआई टर्बाे पेट्रोल इन्जिन रहेको छ । जसले १५० बीएचपकिो पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । सो कारमा ६ स्पिड म्यानुअल र ७ स्पिड डीएसजी गियरबक्स समावेश गरिएको छ । अटोमेटिकमा ६ स्पिड टर्क कन्भर्टर र ७ स्पिड डीएसजी समावेश रहेको छ ।
सो कारको लम्बाई ४२५६ एमएम, उचाइृ १५८९ एमएम, ह्विलबेस २६५१ एमएम र ग्राउन्ड क्लियरेन्स १८८ एमएम रहेको छ । सो कार क्याडी ह्वाइट, ब्रिलिएन्ट सिल्भर, कार्बन स्टिल, हनी ओरेन्ज र टोरनेडो रेड रङमा उपलब्ध रहेको छ ।
स्कोडा कुशाकको हुन्डाई क्रेटा, किया सेल्टोस, एमजी हेक्टर जस्ता मोडलसँग प्रतिस्पर्धा हुनेछ । सो कारको अनुमानित मूल्य १० लाख देखि १६ लाख भारु हुनेछ ।
बिक्रीका लागि उपलब्ध भए पश्चात नेपालमा समेत छिट्टै नै यो एसयूभी उपलब्ध हुनेछ । नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले सो एसयूभी आगामी साउन महिना सम्म नेपाली बजारमा उपलब्ध हुने बताइसकेको छ ।