स्कोडाको दसैं अफरः मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक

काठमाडौं – नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं तिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन टु द फेस्टिभिटिज ्विथ स्कोडा कुशाक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्ने छन् ।

अब ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरी मात्र ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्नु पाउने छन् । नेपाली बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लुले यो दसैं योजना ल्याएको बताएको छ ।

सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । ¥यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको छ ।

ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसरिज, १ वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउने छन् ।

नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरिएन्ट उपलब्ध छ । विश्वमै लोकप्रिय टीएसआई प्रविधि भएको १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट हो ।

दुई महिनाअघि सार्वजनिक गरिएको स्कोडा कुशाक कारपारखीमाझ स्थापित भइसकेको छ । बिल्ड क्यालिटी, सिम्प्ली क्लेभर फिचर, बेजोड सुरक्षा र ड्राइभिंङ फनका कारण स्कोडाका कार निकै लोकप्रिय भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

सीतापाइलामा स्कोडाको विश्व स्तरीय सर्भिस सेन्टर बन्दै

सीतापाइलामा स्कोडाको विश्व स्तरीय सर्भिस सेन्टर बन्दै

काठमाडौं – स्कोडा गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

स्कोडाले २०२६ सम्ममा ६ नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, सुपर्व र कोडियाक हाइब्रिड इन्जिनमा आउने

स्कोडाले २०२६ सम्ममा ६ नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, सुपर्व र कोडियाक हाइब्रिड इन्जिनमा आउने

स्कोडा अटोले आफ्नो भावी योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत २०२५ सम्म ६...

टुनल्यान्ड ई को अपग्रेडेड भर्सन ई प्लस नेपाली बजारमा

टुनल्यान्ड ई को अपग्रेडेड भर्सन ई प्लस नेपाली बजारमा

फोटोन मोटर्सको नेपालका लागि आधिकारिक वितरक एमडव्लू वृद्धि कमर्सिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...