स्कोडाको दसैं अफरः मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक

काठमाडौं – नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं तिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन टु द फेस्टिभिटिज ्विथ स्कोडा कुशाक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्ने छन् ।

अब ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरी मात्र ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्नु पाउने छन् । नेपाली बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लुले यो दसैं योजना ल्याएको बताएको छ ।

सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । ¥यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको छ ।

ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसरिज, १ वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउने छन् ।

नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरिएन्ट उपलब्ध छ । विश्वमै लोकप्रिय टीएसआई प्रविधि भएको १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट हो ।

दुई महिनाअघि सार्वजनिक गरिएको स्कोडा कुशाक कारपारखीमाझ स्थापित भइसकेको छ । बिल्ड क्यालिटी, सिम्प्ली क्लेभर फिचर, बेजोड सुरक्षा र ड्राइभिंङ फनका कारण स्कोडाका कार निकै लोकप्रिय भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

आउदै छ पेट्रोल र इलेक्ट्रिक दुवै मोडमा चलाउन मिल्ने स्कोडाको अक्टाभिया आरएस

आउदै छ पेट्रोल र इलेक्ट्रिक दुवै मोडमा चलाउन मिल्ने स्कोडाको अक्टाभिया आरएस

स्कोडाले आफ्नो पहिलो प्लग–इन हाइब्रिड अक्टाभिया आरएस आईभी भारतमा...

सुरुवाती मूल्य ३५ लाख भारुमा लन्च गरियो स्कोडा कोडियाक

सुरुवाती मूल्य ३५ लाख भारुमा लन्च गरियो स्कोडा कोडियाक

स्कोडाले आज भारतमा नयाँ कोडियाक लन्च गरेको छ । यो नयाँ एसयुभीको शुरुवाती...

जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’, जिपर्स मिटिङ २०२१ सम्पन्न

जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’, जिपर्स मिटिङ २०२१ सम्पन्न

काठमाडौं – नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...