स्कोडा अटो इन्डिया प्रोजेक्ट २.० सफल : स्कोडाको तेस्रो ठूलो बजार बन्यो भारत
स्कोडा अटो इन्डियाको प्रोजेक्ट २.० सफल भएको कम्पनीको भनाइ छ । यस अन्तर्गत...
काठमाडौं – नेपालका लागि स्कोडा कारको आधिकारिक वितरक एमएडब्लु एक्सपान्जले स्कोडाको नेपालमा सबैभन्दा धेरै बिक्री हुने कार कुशाकमा ५ लाख रुपैयाँ छुट अफर उपलब्ध गराएको छ । कम्पनीले नजिकिदै गरेको तिहारलाई लक्ष्यित गरी ल्याइएको ‘तिहार डिल्स अन ह्विल्स’ नामक अफरमा सो छुट उपलब्ध गराएको हो ।
यसका साथै सो गाडीमा ८० प्रतिशत फाइनान्स अफर समेत उपलब्ध छ । यसका लागि आवश्यक सहजीकरण समेत कम्पनीले गर्नेछ ।
नेपाली बजारमा स्कोडा कुशाक विभिन्न ५ भेरिएन्टमा उपलब्ध छ । यसको बेस भेरिएन्ट एक्टिभ एमटीको मूल्य ५२ लाख ९० हजार रुपैयाँ छ भने सबैभन्दा माथिल्लो भेरिएन्ट स्टाइल एटीको मूल्य ७९ लाख ९० हजार रुपैयाँ छ ।
कुशाकमा अत्याधुनिक र इफिसेन्ट टीएसआई इन्जिन राखिएको छ । ३ सिलिन्डर भएको १.० लिटरको टीएसआईले ८५ किलोवाट पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ । यसले उत्पन्न गर्ने उर्जालाई फ्रन्ट ह्विलमार्फत ६ स्पिड म्यानुअल गियरबक्स वा न्यु जेनेरेसन ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा सम्प्रेषण गरिन्छ ।

कुशाक इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल स्ट्यान्डार्ड भएको सेग्मेन्टकै पहिलो एसयूभी हो । साथै यसमा रोल ओभर मिटिगेसन र मल्टि कोलिजन ब्रेकिङ पनि रहेको छ । यसमा धेरै एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् । साथै हिल होल्ड कन्ट्रोल र टायर मनिटरिङ सिस्टमले यात्रालाई आरामदायी बनाउँछ । ६ वटा एयरब्याग र सबै पाँच सिटका लागि थ्रि प्वाइन्ट सिट बेल्ट र हाइट एड्जस्टेबल हेडरेस्ट पनि यसमा रहेको छ । बच्चाहरुको सुरक्षाका लागि यसमा आइसोफिक्स र टप टेदर एन्कर रहेको छ ।
यसमा पार्किङ सेन्सर र रियर भ्यु क्यामेरा पनि छ । साथै एबीएस, इबीडी, एक्सडीएससहितको इडीएस, एचबीभी र बीएसडब्लु जस्ता ब्रेकिङ फिचर यसमा छन् ।
नेपाली बजारमा स्कोडाको स्लाभिया सेडान र कोडियाक एसयूभी समेत बिक्रीका लागि उपलब्ध छ ।
स्कोडा अटो इन्डियाको प्रोजेक्ट २.० सफल भएको कम्पनीको भनाइ छ । यस अन्तर्गत...
स्कोडाले कम्प्याक्ट एसयूभी सेगमेन्टमा नयाँ गाडी स्कोडा काइल्याक...
काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...