१० लाख डाउन पेमेन्टमा स्कोडा कुशाक, ७० प्रतिशत सम्म फाइनान्स अफर

काठमाडौं – नेपाली बजारमा उपलब्ध स्कोडाको लोकप्रिय एसयूभी कुशाक १० लाख रुपैयाँ डाउन पेमेन्टमै उपलब्ध हुने भएको छ । नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले हालै यो अफर सार्वजनिक गरेको हो ।

नेपाली बजारमा उपलब्ध स्कोडा कुशाकका सबै भेरिएन्टमा यो स्किम उपलब्ध हुनेछ । १० लाख रुपैयाँ बुझाएको दुई महिना पश्चात डाउन पेमेन्टवापतको बाँकी रकम बुझाएर त्यसपछि प्रत्येक महिना निश्चित रकम किस्ताको रुपमा बुझाउन सकिने छ ।

यसका लागि कम्पनीकै तर्फबाट पनि फाइनान्स सुविधा उपलब्ध हुन्छ भने ग्राहकले आफूले रोजेको बैंकमार्फत आफै पनि फाइनान्स गर्न सक्ने कम्पनीको भनाइ छ ।

आफूसँग रहेको कुनै पनि ब्रान्डको पुरानो कारसँग स्कोडा कुशाक एक्सचेन्ज गर्न पनि सकिन्छ । एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस समेत कम्पनीले उपलब्ध गराउने गरेको छ ।

रोबस्ट र मस्कुलर लुक रहेको कुशाकले नेपाली एसयूभीप्रेमीको मन जितेको छ । कुशाकको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फगल्याम्प छ । साथै यसमा रुफ रेल र १७ इन्चको डाइमन्ड कट अलोय ह्विल छ । साथै पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, (याप–अराउन्ड एलडी टेललाइट छ ।

यसको इन्टेरियर चालकलाई सहज बनाउन राखिएको ‘सिम्प्ली क्लेभर’ फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन छ । यसमा १०।० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर पनि छ ।

सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम पनि छ । साथै इएससी सबै भेरिएन्टमा छ जुन सेग्मेन्टमै पहिलो हो । साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि छ ।

स्कोडा कुशाकमा १.० लिटरको सबैभन्दा बढी पुरस्कृत टीएसआई इन्जिन छ जसले ११५ बीएचपी र १७८ एनएम टर्क उत्पन्न गर्छ टीएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

म्यानुअल ट्रान्समिसनयुक्त स्कोडा कुशाक एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ४९ लाख ९० हजार, ५४ लाख ४० हजार र ६२ लाख ९० हजार रुपैयाँ छ ।

त्यसैगरी अटोमेटिक ट्रान्समिसनयुक्त स्कोडा कुशाक एम्बिसन, स्टाइल र स्टाइल प्लस गरी तीन भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य ६० लाख ९० हजार, ६७ लाख ९० हजार र ६९ लाख ४० हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

आज देखि स्कोडाको ‘स्प्रिङ चेकअप’ क्याम्प, यस्तो छ छुट र सुविधा

आज देखि स्कोडाको ‘स्प्रिङ चेकअप’ क्याम्प, यस्तो छ छुट र सुविधा

स्कोडा गाडीको नेपालका लागी आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेजले...

३ दिनपछि लन्च हुँदै नयाँ कुशाक, यस्तो छ पावरट्रेन र फिचर

३ दिनपछि लन्च हुँदै नयाँ कुशाक, यस्तो छ पावरट्रेन र फिचर

स्कोडाको वहुप्रतिक्षित एसयुभी कुशाक फेसलिफ्ट अवको ३ दिनपछि अर्थात मार्च...

पोखरामा खुल्यो जिपको ‘प्रिमियम’ सोरुम

पोखरामा खुल्यो जिपको ‘प्रिमियम’ सोरुम

पोखरा – नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...