नयाँ स्कोडा कोडियाक : भारतमा २० दिनमै सोल्ड आउट, नेपालमा प्रतीक्षा
गत जनवरी १० मा भारतमा लन्च गरिएको स्कोडा कोडियाक फेसलिफ्टको पहिलो लट २०...
काठमाडौं – नेपालको सबैभन्दा बढी रुचाइएको युरोपियन एसयूभी स्कोडा कुशाकले नेपालमा एक वर्ष पुरा गरेको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्लु स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो जसको लगत्तै यो नेपाली बजारमा ‘हिट्’ सावित भयो ।
यसको ड्राइभिङ डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फर्ट र थ्रिलिङ तथा टिएसआई इन्जिनका कारण स्कोडा नेपालले सार्वजनिक भएको १५ औं दिनमा ७५ वटा युनिक कुशाक एकै दिन डेलिभरी दिन सफल भएको थियो । त्यसयता गत आर्थिक वर्षभरि कुशाकप्रति ग्राहकको आकर्षण अनवरत रहिरहेको एमएडब्लु स्कोडाले बताएको छ ।
कुशाक सार्वजनिक भएयता नेपालमा स्कोडाको विक्री गत वर्षले भन्दा ५६० प्रतिशतले बढेको कम्पनीको भनाइ छ । एक वर्षमा चार सय युनिट विक्री भएको स्कोडा कुशाकको मार्केट शेयर आफ्नो सेग्मेन्टमा १८ प्रतिशत रहेको समेत कम्पनीको भनाइ छ ।
‘नेपालमा लन्च भएपछि कुशाकले स्कोडा ब्रान्ड र नेपाली अटो क्षेत्रमै आफूलाई सेग्मेन्टलाई परिभाषित गर्ने एसयूभीका रुपमा उभ्याउन सफल भएको छ,’ स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाकलाई माया गर्ने र स्कोडा ब्रान्डसँग बलियो सम्बन्ध स्थापित गर्ने सबै ग्राहकसँग कुशाकको एक वर्षे कोशेढुंगालाई मनाउन पाउँदा हामी हर्षित छौं । कुशाकलाई माया गर्ने सबैप्रति हामी आभार व्यक्त गर्न चाहन्छौं ।’
स्कोडा कुशाक एम्बिसन, एक्टिभ र स्टाइल गरी तीन ट्रिम अनि क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध छ । नेपालमा स्कोडाको मूल्य ४९ लाख ९० हजार देखि ७१ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।
गत जनवरी १० मा भारतमा लन्च गरिएको स्कोडा कोडियाक फेसलिफ्टको पहिलो लट २०...
अमेरिका विश्वको सबैभन्दा शक्तिशाली मुलुक हो । सबैभन्दा ठूलो अर्थतन्त्र...
कार सम्बन्धी तुलना गर्ने बेलायतको स्क्र्याप कार कम्प्यारिजनले गरेको एक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...