५ लाख कम मूल्यमै स्कोडा कुशाक उपलब्ध, ८० प्रतिशत फाइनान्स सुविधा
काठमाडौं – नेपालका लागि स्कोडा कारको आधिकारिक वितरक एमएडब्लु एक्सपान्जले...
काठमाडौं – एसयूभीको बढ्दो बजारलाई मध्यनजर गरी स्कोडाले आगामी जुलाई महिनामा भारतमा आफ्नो महत्वाकांक्षी एसयूभी स्कोडा कुशाक लन्च गर्दैछ । नेपालमा समेत आगामी साउन महिनामा उपलब्ध गराइने सो एसयूभीले स्कोडाको बजारलाई एक कदम माथि उठाउने अपेक्षा गरिएको छ ।
प्रोजेक्ट २.० अन्तर्गत फक्सवागन ग्रुपले भारतमा १ अर्ब युरो लगानी गरेको छ । एउटै बजारमा यो ग्रुपले पहिलो पटक यति धेरै लगानी गरेको हो । हालै पुनेमा अवस्थित चाकन प्लान्टबाट उत्पादित स्कोडा कुशाकको पहिलो युनिट रोल आउट भएको छ । यो एमक्यूबी–एओ–आईएन प्लेटफर्ममा आधारित छ । आईएनको अर्थ इन्डिया हो ।
यस अनुसार स्कोडा कुशाकमा ९५ प्रतिशत पार्ट्स स्थानीयकरण गरिएको छ, जसले गर्दा स्कोडा कुशाकको मूल्य र बिक्री पछिको सेवा मितव्ययी हुनेछ । भारतीय बजारका लागि नै नयाँ प्लेटफर्मको विकास गरिएको र स्थानीयकरण गरिएकोले यसको मूल्य प्रतिस्पर्धि हुने बताइएको छ ।
भारत र नेपालको बजारमा निकै नै समानता छ । भारतमै बनेको स्कोडा कुशाक नेपाली बजारमा उपलब्ध हुनेछ । त्यसैले स्थानीयकरण गरिएको र नयाँ प्लेटफर्ममा बनेको तथा इन्डिया २.० प्रोजेक्ट अन्तर्गत प्रशस्तै लगानी गरेर उत्पादन गरिएको एसयूभी स्कोडा कुशाकको लाभ नेपाली उपभोक्ताले पनि पाउने छन् । नेपालमा समेत सो एसयूभी प्रतिस्पर्धि मूल्यमा उपलब्ध हुनेछ ।

यद्यपि अहिले नै स्कोडा कुशाकको मूल्य सार्वजनिक भएको छैन । तर पनि भारतमा यसको मूल्य १० लाख देखि १६ लाख भारु हुने अनुमान गरिएको छ । यसका आधारमा नेपाली बजारमा स्कोडा कुशाकको मूल्य ५० लाख देखि ६५ लाख रुपैयाँ सम्म पर्ने अनुमान गर्न सकिन्छ ।
नेपालमा स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले स्कोडा कुशाक बिक्रीका लागि उपलब्ध गराउने छ । स्कोडा कुशाक नेपाली बजारमा एम्बिसन, एक्टिभ र स्टाइल गरी तीन ट्रिम लेभलमा उपलब्ध हुनेछ । त्यसैगरी क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनी ओरेन्ज र टोर्नेडो रेड गरी पाँच कलर अप्सनमा उपलब्ध हुनेछ ।
काठमाडौं – नेपालका लागि स्कोडा कारको आधिकारिक वितरक एमएडब्लु एक्सपान्जले...
लामो समयदेखि प्रतीक्षा गरिएको जिप मेरिडियन भर्खरै भारतमा सार्वजनिक भएर...
काठमाडौं – स्कोडको नेपाली बजारमा रहेको लोकप्रिय एसयूभी कुशाक किन्नेले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...