बहुप्रतीक्षित एसयूभी स्कोडा कुशाकको नेपालमा बुकिङ सुरु

काठमाडौं – स्कोडाको बहुप्रतीक्षित एसयूभी कुशाकको भारतमा मूल्य सार्वजनिक भएलगत्तै नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यसको बुकिङ खुला गरेको घोषणा गरेको छ ।

नेपालमा कुशाकलाई साउनमा सार्वजनिक गर्ने योजना बनाइएको छ । स्कोडा कुशाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयूभी हो जसका कारण यसको मूल्य नेपालमा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । नयाँ एसयूभी फक्सवागनको एमक्युबी–एओ–आईएन प्लेटफर्ममा बनाइएको हो ।

इन्जिन ट्रान्समिसन
कुशाक स्कोडाको इन्डिया २.० प्रोजेक्ट अन्तर्गत सार्वजनिक गरिएको पहिलो एसयूभी हो । नेपालमा १.० लिटरको टीएसआई पेट्रोल इन्जिन भएका कुशाक भित्रनेछन् । टीएसआई इन्जिन बहुप्रतीक्षित इन्टरनेसनल इन्जिन अवार्ड हासिल गर्न सफल इन्जिन हो । यस अवार्डलाई अटोमोबाइल क्षेत्रको ओस्कार जस्तै मानिन्छ । यो इन्जिनले ११५ बीएचपी पावर र १७ ८ एनएम टर्क उत्पन्न गर्छ जुन बेस्ट इन क्लास हो । टीएसआई इन्जिन म्यानुअल र अटोमेटिक दुवैमा उपलब्ध हुनेछ ।

डाइमेन्सन
कुशाक एमक्युबी एओ आईएन प्लेटफर्ममा निर्माण गरिएको एसयूभी हो जुन कठोर सडकलाई ध्यानमा राखेर विकास गरिएको हो । यो ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ । साथै यसको ह्विलबेस २६५१ एमएम छ जुन सेग्मेन्टकै सबैभन्दा बढी हो । कुशाकको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ ।

फिचर
नयाँ कुशाकमा टु–स्पोक स्टेयरिङ ह्विल, इलेक्ट्रिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, मल्टिफंक्सन स्टेयरिङ, हिल होल्ड कन्ट्रोल, किलेस इन्ट्रि स्टार्ट एन्ड एक्जिट सिस्टम जस्ता फिचर हुनेछन् ।

सुरक्षा व्यवस्था
सुरक्षाका लागि कुशाकमा ६ वटा एयरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटोहेडल्याम्प एन्ड वाइपर, मल्टि कोलिजन ब्रेकिङ सिस्टम रहनेछन् । स्कोडा कुशाकमा ईएससी सबै भेरिएन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो । त्यसैले टायर प्रेसर मनिटरिङ र हिल होल्ड कन्ट्रोल पनि रहनेछ । यसका सबै भेरिएन्टमा फ्रन्ट डिस्क ब्रेक र रियर ड्रम ब्रेक रहनेछ ।

भेरिएन्ट र कलर
नयाँ कुशाक तीन ट्रिम– एम्बिसन, एक्टिभ र स्टाइलमा क्यान्डि ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टोर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध हुनेछ ।

मूल्य
भारतमा १० लाख ५० हजारदेखि १७ लाख ६० हजार भारुसम्म मूल्य राखिएको नयाँ कुशाकको मूल्य नेपालमा ५० देखि ६५ लाख रुपैयाँको बीचमा रहने अनुमान छ । कुशाकको प्रतिस्पर्धा हुन्डाई क्रेटा र किया सेल्टोससँग हुनेछ ।

बुकिङका लागि स्कोडा नेपालको वेबसाइटमा क्लिक गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेपालका यी उद्योगपति र प्रतिष्ठित ब्यक्तिले खरिद गरे जिप -यांगलर

नेपालका यी उद्योगपति र प्रतिष्ठित ब्यक्तिले खरिद गरे जिप -यांगलर

अमेरिकन आइकनिक ब्रान्ड जिप -यांगलरलाई डेढ महिना अघि अमेरिकी राजदुत -यान्डी...

हुन्डाई क्रेटा र किया सेल्टोको बजारमा जिपको नजर : चाँडै कम मूल्यको एसयूभी लन्च गर्ने

हुन्डाई क्रेटा र किया सेल्टोको बजारमा जिपको नजर : चाँडै कम मूल्यको एसयूभी लन्च गर्ने

हुन्डाई क्रेटा र किया सेल्टोस हाल बजारमा निकै नै लोकप्रिय एसयूभी हुन् । यी...

नेपाली सेडान बजारमा थपिदै अर्को सेडान स्कोडा स्लाभिया : भारतीय बजार जस्तै प्रभावको अपेक्षा

नेपाली सेडान बजारमा थपिदै अर्को सेडान स्कोडा स्लाभिया : भारतीय बजार जस्तै प्रभावको अपेक्षा

कुनै समयमा निकै नै लोकप्रिय मानिएको सेडान बजारलाई हाल एसयूभी र क्रसओभरको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...