डीप ब्ल्याक कलरमा आयो स्कोडा कुशाक र स्लाभिया

स्कोडाले आफ्नो लोकप्रिय एसयुभी कुशाक र सेडान कार स्लाभियालाई नयाँ एडिसनमा उतारेको छ । एलिगेन्स नामले आएको सो नयाँ एडिसनलाई कम्पनीले डिप ब्ल्याक कलरमा तयार पारेको हो । नयाँ एडिसन रेगुलर कुशाक र स्लाभियाको टप स्पेक ट्रिम भन्दा माथी रहने कम्पनीले जनाएको छ ।

सो नयाँ एडिसनमा स्कोडाले क्रोम ग्रिल, डुअल टोन एलोई ह्विल र बी पिल्लरमा एलिगेन्स ब्याज दिएको छ । साथै यी कारको इन्टेरियरमा पडल ल्याम्प, रियर र सिट बेल्ट कुशन, नेक रेस्ट, स्टेरिङ ह्विलमा एलिगेन्स ब्याज, टक्स्टाइल म्याट र एल्मुनियम प्याडल लगायत नयाँ फिचर पाउन सकिन्छ ।

नयाँ एडिसनका दुवै कारमा १.५ लिटर टर्बो पेट्रल इन्जिन जडान गरिएको छ । जसको पावर १४८ बीएचपी र टर्क २५० एनएम छ । कारमा ६ स्पिड म्यानुअल र ७ स्पिड डुअल–क्लच अटोमेटिक ट्रान्समिसनको विकल्प पाउन सकिन्छ । कुशाक एलिगेन्सको मूल्य १८ लाख ३१ हजार तथा १९ लाख ५१ हजार र स्लाभियाको १७ लाख ५२ हजार तथा १८ लाख ९२ हजार भारु निर्धारण गरिएको छ ।

स्कोडाको यी दुवै कार नेपाली बजारमा समेत उपलब्ध रहेका कारण नयाँ एडिसन समेत निकट भविष्यमा उपलब्ध हुनसक्ने आँकलन गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा फोटोनका स्कुल भ्यान, यस्ता छन् आकर्षक फिचर

नेपाली बजारमा फोटोनका स्कुल भ्यान, यस्ता छन् आकर्षक फिचर

काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...

११० भन्दा बढी सेफ्टी फिचरसहित भारतमै उत्पादन हुने जिप ग्रान्ड चेरोकीको बुकिङ शुरु

११० भन्दा बढी सेफ्टी फिचरसहित भारतमै उत्पादन हुने जिप ग्रान्ड चेरोकीको बुकिङ शुरु

जिपले आफ्नो प्रिमियम सेग्मेन्टको एसयूभी ग्रान्ड चेरोकीको भारतमा बुकिङ...

पूर्व राजपरिवारले शिकारमा प्रयोग गरेको ५५ वर्ष पुरानो सीजे–५ नेपालको जिप सोरुममा

पूर्व राजपरिवारले शिकारमा प्रयोग गरेको ५५ वर्ष पुरानो सीजे–५ नेपालको जिप सोरुममा

के तपाईं जिपको फ्यान हुनुहुन्छ ? या जिपको इतिहासमा चाख राख्नुहुन्छ ? यदि हो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...