स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउँदै, शुरुवाती मूल्य ४९ लाख ९० हजारमा खुल्यो वुकिङ

स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउने भएको छ । नेपालका लागी आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेजले यो नयाँ मोडलको शुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ निर्धारण गरेर वुकिङ खूल्ला गरेको छ । यसको टप भेरिएन्टलाई भने ७४ लाख ९० हजार पर्ने कम्पनी स्रोतको भनाई छ । कुशाक २०२३ मोडल नेपाल आइपुग्न २० दिनजति लाग्ने उक्त स्रोतले नेपाल अटोलाई वताएको छ ।

सव कम्प्याक्ट एसयूभी सेग्मेन्टमा राम्रो उपस्थिती जनाउँदै आएको कुशाकमा १.० लिटर टिएसआई इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ११५ पिएस र टर्क १७५ एनएम रहेको छ । यसमा ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा रहेको छ ।

रोबस्ट र मस्कुलर लुकका कारण नेपाली एसयूभी प्रेमीको मन जित्न सफल यसको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फगल्याम्प दिइएको छ । साथै यसमा रुफ रेल र १७ इन्चको डाइमन्ड कट अलोय ह्विल उपलब्ध छ । कुशाकमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्विएन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सब वुफरसहितको सिक्स स्पिकर लगायत फिचर पाउन सकिन्छ ।

ग्लोवल एनक्यापले गरेको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाउन सफल यो एसयूभीमा ६ वटा एयर ब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम लगायत फिचर दिइएको छ । साथै यसमा इएससी, टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट लगायत सेफ्टी फिचर पनि सामेल गरिएको छ ।

सम्बन्धित समाचारहरू

अब मादक पदार्थ सेवन गरी ड्राइभिङ सिटमा बस्दा तुरुन्तै बज्ने छ अलार्म

अब मादक पदार्थ सेवन गरी ड्राइभिङ सिटमा बस्दा तुरुन्तै बज्ने छ अलार्म

मदिरा सेवन गरी सवारी चलाउनु सडक दुर्घटनाको प्रमुख कारण हो । जसका कारण...

आकर्षक लुकमा स्कोडा कुशाकको नयाँ भेरिएन्ट चाँडै लन्च हुँदै, यस्तो हुनेछ फिचर

आकर्षक लुकमा स्कोडा कुशाकको नयाँ भेरिएन्ट चाँडै लन्च हुँदै, यस्तो हुनेछ फिचर

स्कोडाले आफ्नो लोकप्रिय एसयूभी स्कोडा कुशाकको मोन्टे कार्लो भेरिएन्ट...

अपडेट भयो स्कोडा कुशाक, डिजाइनमा धेरै परिमार्जन

अपडेट भयो स्कोडा कुशाक, डिजाइनमा धेरै परिमार्जन

स्कोडा अटोले आफ्नो लोकप्रिय कुशाक एसयूभीको नयाँ मोडल लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...