फिचर अपडेट भएर आयो स्कोडा कुशाक र स्लाभिया, मूल्य पनि परिमार्जित

२०२५ को स्कोडा कुशाक र स्लाभिया लन्च गरिएको छ। कम्पनीले यसको बेस लेवल ट्रिममा नयाँ फिचर र पार्टस थपेको छ, जसले ग्राहकहरूलाई थप कनेक्टिभिटीको साथ राम्रो अनुभव प्रदान गर्नेछ ।

साथै कम्पनीले स्कोडा कुशाक र स्लाभियाको मूल्य पनि परिमार्जन गरेको छ । अब स्कोडा स्लाभिया क्लासिक ट्रिमको एक्स-शोरूम मूल्य १० लाख ३४ हजार भारु र कुशाकको क्लासिक ट्रिमको मूल्य १० लाख ९९ हजार भारुबाट सुरु हुने बताइएको छ ।

नयाँ स्कोडा कुशाक बेस क्लासिक ट्रिममा नयाँ कनेक्टिभिटी फिचर दिइएको छ । यसबाहेक कुशाक सिग्नेचर ट्रिममा पनि धेरै परिवर्तनहरू गरिएको छ। यसमा १७ इन्चको अलोय ह्विल, इलेक्ट्रिक सनरुफ, अटो-डिमिङ आईआरभीएम, रियर फग लाइट, रेन-सेन्सिङ वाइपर जस्ता फिचर प्रदान गरिएको छ। साथै कुशाकलाई ५ वर्ष वा १ लाख २५ हजार किलोमिटरको वारेन्टी पनि दिइँदैछ।

नयाँ स्कोडा स्लाभियाले क्लासिक ट्रिममा स्ट्यान्डर्ड फिचरको रूपमा कनेक्टिभिटी पनि प्रदान गरेको छ । साथै यसको सिग्नेचर ट्रिममा धेरै अपग्रेड पनि दिइएको छ । यसको सिग्नेचर ट्रिममा एलईडी हेडलाइट, एलईडी डीआरएल, इलेक्ट्रिक सनरुफ, रेन-सेन्सिङ वाइपर र अटो-डिमिङ आईआरभीएम जस्ता फिचर छ । साथै स्लाभियालाई ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी पनि दिइँदैछ।

सम्बन्धित समाचारहरू

पूर्व राजपरिवारले शिकारमा प्रयोग गरेको ५५ वर्ष पुरानो सीजे–५ नेपालको जिप सोरुममा

पूर्व राजपरिवारले शिकारमा प्रयोग गरेको ५५ वर्ष पुरानो सीजे–५ नेपालको जिप सोरुममा

के तपाईं जिपको फ्यान हुनुहुन्छ ? या जिपको इतिहासमा चाख राख्नुहुन्छ ? यदि हो...

काठमाडौंमा आइपुग्यो स्कोडा कुशाक, आगामी सातादेखि टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौंमा आइपुग्यो स्कोडा कुशाक, आगामी सातादेखि टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौं – स्कोडाको नयाँ एसयूभी कुशाक काठमाडौं आइपुगेको छ । नेपालका लागि...

यी हुन् सन् २०२३ देखि बजारमा उपलब्ध नभएका कार

यी हुन् सन् २०२३ देखि बजारमा उपलब्ध नभएका कार

अप्रिल २०२३ देखि भारतमा सवारीसाधनका लागि नयाँ उत्सर्जन मापदण्ड लागू भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...