फिचर अपडेट भएर आयो स्कोडा कुशाक र स्लाभिया, मूल्य पनि परिमार्जित

२०२५ को स्कोडा कुशाक र स्लाभिया लन्च गरिएको छ। कम्पनीले यसको बेस लेवल ट्रिममा नयाँ फिचर र पार्टस थपेको छ, जसले ग्राहकहरूलाई थप कनेक्टिभिटीको साथ राम्रो अनुभव प्रदान गर्नेछ ।

साथै कम्पनीले स्कोडा कुशाक र स्लाभियाको मूल्य पनि परिमार्जन गरेको छ । अब स्कोडा स्लाभिया क्लासिक ट्रिमको एक्स-शोरूम मूल्य १० लाख ३४ हजार भारु र कुशाकको क्लासिक ट्रिमको मूल्य १० लाख ९९ हजार भारुबाट सुरु हुने बताइएको छ ।

नयाँ स्कोडा कुशाक बेस क्लासिक ट्रिममा नयाँ कनेक्टिभिटी फिचर दिइएको छ । यसबाहेक कुशाक सिग्नेचर ट्रिममा पनि धेरै परिवर्तनहरू गरिएको छ। यसमा १७ इन्चको अलोय ह्विल, इलेक्ट्रिक सनरुफ, अटो-डिमिङ आईआरभीएम, रियर फग लाइट, रेन-सेन्सिङ वाइपर जस्ता फिचर प्रदान गरिएको छ। साथै कुशाकलाई ५ वर्ष वा १ लाख २५ हजार किलोमिटरको वारेन्टी पनि दिइँदैछ।

नयाँ स्कोडा स्लाभियाले क्लासिक ट्रिममा स्ट्यान्डर्ड फिचरको रूपमा कनेक्टिभिटी पनि प्रदान गरेको छ । साथै यसको सिग्नेचर ट्रिममा धेरै अपग्रेड पनि दिइएको छ । यसको सिग्नेचर ट्रिममा एलईडी हेडलाइट, एलईडी डीआरएल, इलेक्ट्रिक सनरुफ, रेन-सेन्सिङ वाइपर र अटो-डिमिङ आईआरभीएम जस्ता फिचर छ । साथै स्लाभियालाई ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी पनि दिइँदैछ।

सम्बन्धित समाचारहरू

स्कोडा कार चलाउने ड्राइभर सबैभन्दा बुद्धिमान : एक अध्ययन

स्कोडा कार चलाउने ड्राइभर सबैभन्दा बुद्धिमान : एक अध्ययन

कार सम्बन्धी तुलना गर्ने बेलायतको स्क्र्याप कार कम्प्यारिजनले गरेको एक...

कुशाक र टाइगुनले नयाँ नियम अनुसारको क्रयास टेस्टमा पाए फाइभ सेफ्टी स्टार रेटिङ

कुशाक र टाइगुनले नयाँ नियम अनुसारको क्रयास टेस्टमा पाए फाइभ सेफ्टी स्टार रेटिङ

स्कोडा कुशाक र फक्सवागन टाइगन दुबै मिड साइज एसयूभी हुन् । दुबै मोडलको...

नेपालमा स्कोडा कुशाकको मूल्य सार्वजनिक, सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ

नेपालमा स्कोडा कुशाकको मूल्य सार्वजनिक, सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ

कठमाडौं – नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...