स्कोडाले भारतमा शुरु गर्यो कोडियाक २०२२ को उत्पादन, अर्को महिना लन्च हुने

स्कोडाले भारतमा कोडियाक २०२२ मोडलको उत्पादन शुरु गरेको छ । यो एसयुभीलाई २०२२ को जनवरी महिनाभित्र लन्च गर्ने स्कोडाले जनाएको छ । यसै बर्षको जुलाई महिनामा कुसाक एसयुभीलाई बजारमा उतारेको स्कोडाले केही समयअघिमात्र नयाँ सेडान स्लाभियालाई समेत सार्बजनिक गरेको थियो ।

बिएस ६ मापदन्डलाई अनिबार्य गरिएपछि २०२० को अप्रिलबाट उत्पादन बन्द गरिएको यो एसयुभीलाई कम्पनीले पुनः उत्पादन शुरु गरेको हो । पुरानो मोडलमा केही कस्मेटिक चेन्ज गरी बजारमा आउने तयरीमा रहेको यो एसयुभीको फ्रन्ट ग्रिल, हेड ल्याम्प, बनेट र बम्परमा परिबर्तन भएको देख्न सकिनेछ ।

यो नयाँ एसयुभीमा स्कोडाले १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, ९.२ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र नयाँ स्टेरिङ ह्विल दिने सम्भावना देखिएको छ । एमक्युबी आर्किटेक्चरमा आधारित भई उत्पाद गरिने कोडियाकमा क्रुज कन्ट्रोल, पुश बटन स्टार्ट÷स्टप, एम्बिएन्ट लाइटिङ, क्लाइमेट कन्ट्रोल सिस्टम, वायरलेस चर्जिङ, इपिएस, टायर प्रेसर मोनिटरिङ सिस्टम, मल्टिपल एयरब्याग र पानारोमिक सनरुफ जस्ता फिचर्स उपलब्ध हुनेछ । यी फिचर्सको अलवा यो एसयुभीमा स्तरिय एबं प्रिमियम गुणस्तरको सामाग्री प्रयोग हुने अपेक्षा गरिएको छ ।

पुरानो डिजेल इन्जिनको सट्टा यसमा २.० लिटर क्षमताको फोर सिलिन्डर टिएसआई टर्बोचार्जड पेट्रोल इन्जिन जडान गरिने भएको छ । जसको अधिकतम पवार १९० पिएस र टर्क ३२० एनएम रहने बताइएको छ । यसमा जडान गरिएको ७ स्पिड डिएसजी अटोमेटिक ट्रान्समिसनले गाडीको चारवटै चक्कामा पावर ट्रान्सफर गर्नेछ ।

सम्बन्धित समाचारहरू

पिकअप सेगमेन्टमा राम्रो पहिचान कायम गर्दै चांगन हन्टर

पिकअप सेगमेन्टमा राम्रो पहिचान कायम गर्दै चांगन हन्टर

नेपाली बजारमा हालै उपलब्ध चांगन अटोको उत्कृष्ट पिकअप ‘हन्टर’ ले छोटो...

टुनल्यान्ड ई को अपग्रेडेड भर्सन ई प्लस नेपाली बजारमा

टुनल्यान्ड ई को अपग्रेडेड भर्सन ई प्लस नेपाली बजारमा

फोटोन मोटर्सको नेपालका लागि आधिकारिक वितरक एमडव्लू वृद्धि कमर्सिय...

चर्चामा दुई चाइनिज पिकअप ब्रान्ड, यस्तो छ मूल्य र फिचर्स

चर्चामा दुई चाइनिज पिकअप ब्रान्ड, यस्तो छ मूल्य र फिचर्स

पिकअप नेपाली बजारमा निकै नै रुचाइएको सवारीसाधन हो । पर्याप्त सामान राख्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...