स्कोडा शोरुममा आइपुग्यो स्कोडा कोडियाक फेसलिफ्ट, मूल्य १ करोड ७१ लाख

काठमाडौं – स्कोडा शोरुमहरुमा स्कोडाको नयाँ एसयूभी कोडियाक फेसलिफ्ट आइपुगेको छ । द अल्टिमेट यूरोपियन एसयूभीको रुपमा परिचित हेर्दा स्पोर्टी, क्रिस्टललाइन डिजाइन, आफ्नो वर्गमा सबैभन्दा बढी सुरक्षा र ‘सिम्पली क्लेभर’ समाधानहरूले भरिपूर्ण नयाँ स्कोडा कोडियाक फेसलिफ्ट सहित अब स्कोडा शोरुमहरूमा उपलब्ध भएको हो ।

कोडियाक सन् २०१८ मा नेपाली बजारमा लन्च भएको थियो । फेसलिफ्टसहितको नयाँ स्कोडा कोडियाक नेपाली बजारका लागि युरोपबाट आयात गरिएको हो । चेक ब्रान्डले कोडियाकको भावनात्मक डिजाइनलाई थप विकास गरी यसको एरोडायनामिक सुधार गरेको छ ।

स्कोडा डिभिजन–एमएडब्लु इन्टरप्राइजका कार्यकारी निर्देशक रौनक अग्रवालले सो अवसरमा नयाँ स्कोडा कोडियाक डिजाइन सौन्दर्य, आराम, इन्जिन र गतिशील क्षमताहरूका साथै पूरै विचार गरेर क्याबिन थपिएको र दैनिक ड्राइभिङ वा रोमाञ्चक अफ–रोड यात्राका लागि उपयुक्त भएको बताए ।

एक्सटेरियरः पुनःडिजाइन गरिएको फ्रन्ट र अझ रग्ड रुप
स्कोडाले कोडियाकको अपिरियन्यसमा विशेष परिमार्जन गरेको छ, सफल एसयूभीलाई अझ धेरै रग्ड लुक प्रदान गर्दै यसको एरोडायनामिक्सलाई पनि अनुकूलन÷अप्टिमाइज गरेको छ । माथिल्लो र आकर्षक बोनेट र नयाँ डिजाइन गरिएको, थप ठाडो स्कोडा ग्रिलले कारलाई हेर्दा अझ बढी आकर्षक देखाएको छ । एड्याप्टिभ फ्रन्ट हेडलाइट प्रणालीका साथ एलईडी हेडलाइटहरू उल्लेखनीयरूपमा स्लीम छन् र, पुनः व्यवस्थित फग लाइटहरूसँग, अँध्यारोमा पनि राम्रोसँग देखिने सुविधा सिर्जना गर्दछ ।

इन्टेरियर
अझ आरामदायी विशेषताहरुले यसको इन्टेरियरलाई पु¥याएको छ नयाँ स्तरमा
स्कोडाले कोडियाकको भित्री भागलाई नयाँ डेकोरेटिभ स्ट्रिपहरू, थप कन्ट्रास्टीङ स्टिचिङ र परिष्कृत एलईडी एम्बियन्ट लाइटिङ फङ्शन प्रदान गरेर नयाँ स्तरमा लैजान्छ । पहिलो पटक, ठूला एसयूभीका विकल्पहरूको दायरामा एर्गोनोमिक, पर्फोरेटेड–लेदर सिटहरू समावेश छन्, जसमा तताउने विकल्पको साथ मल्टिवे इलेक्ट्रिक सीट समायोजन छ । क्यान्टोन साउन्ड सिस्टम अर्को वैकल्पिक अतिरिक्त विशेषता हो, जसले ड्यासबोर्डमा केन्द्रीय स्पिकर र बुटमा सबवुफरको अतिरिक्त दस स्पिकरहरू प्रदान गर्दछ ।

भर्चुअल ककपिट
१०.२५ इन्चको डिस्प्ले र स्टाइलका लागि चार विभिन्न लेआउटका साथ यसमा भर्चुअल ककपिट छ ।

डिजाइन– यसको पावरफुल क्यारेक्टरको प्रतिबिम्ब
कोडियाक सबैभन्दा अप्ठ्यारो भूभागहरूमा सजिलैसँग चलाउनको लागि बनाइएको कार मात्र होइन । यसको टोर्नाडो लाइनहरू, सटिक किनारहरू र क्रिस्टललाइनले यसमा विशिष्ट स्टाइल थप्दछ । ब्रान्डले कारको बहुमुखी चरित्र प्रतिबिम्बित गर्ने डिजाइनको साथ आफ्नो नयाँ डिजाइन भाषा एसयूभी सेग्मेन्टमा स्थानान्तरण गर्दछ ।
स्कोडा कोडियाकमा भएको एलिगेन्ट लाइनहरुको बोल्ड इन्टरप्ले, स्पोर्टी कन्टोर्स र रोबष्टनेशले यसलाई सजिलै चिन्न सकिने बनाउँछ । चौडा, त्रि–आयामी रेडिएटर ग्रिल आकर्षक र साँघुरो छ, रेडिएटर ग्रिलमा नदेखिने गरी पर्फेक्टली प्रवाह हुने ¥याङ्क्ड हेडलाइटहरूले स्कोडा कोडियाकलाई एक विशिष्ट रूप दिन्छ ।

इन्जिन र ट्रान्समिशन
२.० टिडिआईले १५० पीएस पावर र ३४० एनएम टर्क जेनेरेट गर्छ । यसको सम्पूर्ण फोर व्हीलहरु ७–स्पीड डुअल क्लच ट्रान्समिशनबाट स्वचालित छन् ।

सुरक्षा, आराम र सहुलियत
नयाँ कोडियाक अत्याधुनिक सेफ्टी किटहरुका साथ आउँछ, जसमा घुडाको एयरब्यागका साथ ९ एअरब्यागहरु, इबिडिका साथ एबिएस, बे्रक असिस्ट, मल्टी कोलिजन ब्रेक, चौतर्फि पार्किङ सेन्सर र ब्लाइण्ड स्पोट मोनिटरिङ सिस्टम समावेश छन् । कोडियाकले इलेक्ट्रीकलरुपमा एड्जष्ट गर्न मिल्ने प्यानारामिक सनरुफका साथ नयाँ आयाम रचेको छ, जसले खुलापनको आभाषलाई अझ उजागर गर्छ । यसका साथै यो फ्रन्ट र रियर हिटेड सिट, हिटेड स्टेरिङ व्हील र अन्य चनाखो विशेषताहरुले भरिपूर्ण छ, जसले गर्दा यसले विशिष्ट एसयूभी अनुभूति प्रदान गर्दछ ।

राइड र ह्याण्डलिङ
स्कोडा कोडियाक फोर बाई फोर अल–व्हील ड्राइभका साथ ४ वटा ड्राइभिङ मोड विकल्पहरुका साथ आउँछ । स्कोडाको लार्ज एसयूभी त्रिनिटी १८–इन्च व्हीलहरुका साथ सुसज्जित भएर आउँछ ।

इन्फोटेन्मेन्ट र कनेक्टीभिटी
यसका साथै यो २०.३२ सिएम सेन्ट्रल इन्फोटेन्मेन्ट प्रणालीका साथ स्टेरिङमा प्रोक्सीमिटी सेन्सर, भ्वाईस कमाण्ड कन्ट्रोल (ध्वनी आदेश नियन्त्रण) र अडियो नियन्त्रणका साथ आउँछ ।

सामग्री र स्टोरेज
स्कोडा कोडियाकमा रहेको सिम्प्ली क्लेभर नामक विशेषता सबैका लागि उदाहरणीय छ । पावर न्याप प्याकेज र निकाल्न मिल्ने बुट टर्च पनि यसमा उपलब्ध गरिएको छ । २७० देखि २००५ लिटर (रियर सिट फोल्ड डाउन गर्न मिल्ने) को भोल्युमको साथ स्कोडा कोडियाकले आफ्नो क्लासमा सबैभन्दा ठूलो बूट प्रदान गर्दछ । यसमा विद्युतीयरुपमा नियन्त्रण गर्न मिल्ने पाँचौं ढोका र किलेस इन्ट्री, स्टार्ट र स्टप बटन उपलब्ध छ । यसका साथै यसमा फुट सेन्सरका साथ भर्चुअल पेडल ओपन र क्लोज द बुट छ ।
स्कोडा कोडियाक यी विशेषताहरुका साथ विभिन्न स्टाइल भेरियन्टमा उपलब्ध छ

यो एसयूभीको मूल्य १ करोड ७१ लाख रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’, जिपर्स मिटिङ २०२१ सम्पन्न

जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’, जिपर्स मिटिङ २०२१ सम्पन्न

काठमाडौं – नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई...

स्कोडाको कुशाक ‘मोन्टे कार्लो’ एडिसन अब नेपाली बजारमा

स्कोडाको कुशाक ‘मोन्टे कार्लो’ एडिसन अब नेपाली बजारमा

काठमाडौँ -युरोपेली लक्जरी कार ब्रान्ड स्कोडाका लागि नेपालको आधिकारिक...

इलेक्ट्रिक क्रसओभरको रुपमा २०२४ मा पुनरागमन गर्दै फिएट पान्डा

इलेक्ट्रिक क्रसओभरको रुपमा २०२४ मा पुनरागमन गर्दै फिएट पान्डा

अर्को वर्ष अर्थात जुलाई ११, २०२४ मा फिएटको १२५औं वार्षिकोत्सव हो । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...