बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– जिप कम्पास र हुन्डाई टुसान जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको स्कोडाको नयाँ एसयूभी कारोक नेपालमा भित्रिएको छ । नेपालमा स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले आधिकारिक रुपमा घोषणा नगरे पनि सो एसयूभी सोरुममा पुगिसकेको छ ।
नेपाली बजारमा २.० लिटरको डिजेल इन्जिनयुक्त स्कोडा कारोक भित्रिएको छ । सो इन्जिनले १०५ किलोवाटको पावर र ३२० एनएमको टर्क जेनेरेट गर्छ । एम्बिसन र एम्बिसन प्लस गरी दुई भेरिएन्टमा उपलब्ध स्कोडा कारोकको मूल्य क्रमशः १ करोड १५ लाख र १ करोड २५ लाख रुपैयाँ तोकिएको छ ।
चेक रिपब्लिकबाट सिधै नेपालमा आयात गरिएको स्कोडा कारोकमा पानोरामिक सनरुफ, भर्चुअल ककपिट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, अलोय ह्विल, फुल एलईडी हेडलाइट, २०.३२ सेमीको एलसीडी टचस्क्रिन, ड्युअल जोन क्लाइमेट कन्ट्रोल र अन्य फिचर रहेका छन् ।
सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, ईबीडीसहितको एबीएस, मेकानिकल ब्रेक असिस्ट, हिल स्टार्ट असिस्ट, फ्रन्ट र रियर पार्किङ सेन्सर र रियर पार्किङ क्यामेरा रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...