कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ ईभी लन्च गर्ने तयारीमा स्कोडा, के के छन् विशेषता ?

स्कोडा अटोले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ ईभी एपिक लन्च गर्ने तयारी गरेको छ। कम्पनीले सो नयाँ ईभीमा आधुनिक डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट रेन्ज र आकर्षक फिचर समावेश गरेको छ ।

स्कोडा एपिक ईभीको लम्बाइ  ४१७१ एमएम, चौडाइ १७९८ एमएम, उचाइ १५८१ एमएम र ह्विलबेस २६०१ एमएम दिइएको छ। कारको फ्रन्टमा परम्परागत ग्रिलको सट्टा टेक डेक फेस डिजाइन प्रयोग गरिएको छ । यसमा स्लिम डे टाइम रनिङ लाइट, म्याट्रिक्स एलईडी हेडल्याम्प, स्पोर्टी फ्रन्ट बम्पर, सिल्भर स्किड प्लेट र टी आकारको एलईडी टेलल्याम्प जस्ता फिचर समावेश छ । साथै एरोडाइनामिक डिजाइनका कारण यसको ड्र्याग कोएफिसियन्ट केवल ०.२७५ रहेको छ।

आकारमा कम्प्याक्ट भए पनि एपिक ईभीको क्याबिन निकै फराकिलो र प्रिमियम बनाइएको छ। यसमा १३ इन्चको एन्ड्रोइड आधारित इन्फोटेनमेन्ट सिस्टम, १० स्पिकर क्यान्टन साउन्ड सिस्टम, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, वायरलेस चार्जर तथा प्यानोरामिक सनरुफ जस्ता आधुनिक सुविधा उपलब्ध छ । साथै ४७५ लिटरको बुट स्पेस र २५ लिटरको फ्रङ्कले यात्रालाई अझ सहज बनाउनेछ ।

सेफ्टीका लागि यसमा ७ वटा एयरब्याग, फ्रन्ट असिस्ट, साइड असिस्ट, लेन असिस्ट, क्रसरोड असिस्ट तथा ट्राभल असिस्ट ३.० जस्ता ड्राइभर असिस्टेन्स सिस्टम समावेश छ ।

स्कोडा एपिक ईभी कम्पनीको एमईबी प्लस इलेक्ट्रिक प्लेटफर्ममा आधारित पहिलो मोडल हो । सो एसयूभी ३८.५ किलोवाट आवर र ५५ किलोवाट आवर ब्याट्री प्याक विकल्पमा उपलब्ध हुनेछ।

कम्पनीका अनुसार यसको ठूलो ब्याट्री संस्करणले फुल चार्जमा ४४० किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्छ। यसमा फास्ट चार्जिङ सुविधा पनि उपलब्ध छ, जसले केवल २४ मिनेटमै १० प्रतिशतदेखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सक्नेछ।

एपिक ईभीमा बाई डायरेक्सनल चार्जिङ प्रविधि पनि समावेश गरिएको छ। यसले भेइकल टु लोड, भेइकल टु होम र भेइकल टु ग्रिड सिस्टमलाई समर्थन गर्नेछ। यसको अर्थ प्रयोगकर्ताले आवश्यकता पर्दा गाडीको ब्याट्री प्रयोग गरेर घरायसी उपकरण चलाउन वा घरमा बिजुली आपूर्ति गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

चांगनको उत्कृष्ट सेडान एल्सभिन नेपाली बजारमा लोकप्रिय हुँदै : यस्तो छ दुई महिनाको अवस्था

चांगनको उत्कृष्ट सेडान एल्सभिन नेपाली बजारमा लोकप्रिय हुँदै : यस्तो छ दुई महिनाको अवस्था

चांगन अटोको उत्कृष्ट सेडान एल्सभिनले छोटो समयको अन्तरालमै नेपाली बजारमा...

दुई सातामा एक हजारले टेस्ट ड्राइभ गरे चांगनको एल्सभिन सेडान

दुई सातामा एक हजारले टेस्ट ड्राइभ गरे चांगनको एल्सभिन सेडान

काठमाडौं – नेपालमा हालै भित्रिएको चांगन अटोको नयाँ सेडान एल्सभिन एक हजार...

ग्रेटवाल मोटरको हाभल जोलायनलार्ई प्रतिष्ठित एनक्याप २०२२ सेफ्टी रेटिङमा फाइभ–स्टार प्राप्त

ग्रेटवाल मोटरको हाभल जोलायनलार्ई प्रतिष्ठित एनक्याप २०२२ सेफ्टी रेटिङमा फाइभ–स्टार प्राप्त

ग्रेटवाल मोटर अर्थात जीडब्लुएमको हाभल जोलायनलाई अष्ट्रेलेसियन न्यू कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...