स्कोडाले ल्यायो इन्फोटेन्मेन्टबाटै इन्धनको विल भुक्तानी गर्न मिल्ने नयाँ फिचर

स्कोडाले कारमा जडित इन्फोटेन्मेन्टबाटै इन्धनको बिल भुक्तानी गर्न मिल्ने नयाँ फिचर ल्याएको छ । ‘पे टु फ्यूल’ नामले आएको सो नयाँ फिचरलाई गाडी धनीले आफूसंग भएको स्कोडा कारको इन्फोटेन्मेन्ट सिस्टममा डाउनलोड गर्न सक्नेछन् ।

सो फिचरभित्र विभिन्न फ्यूल स्ेटसनको सूची राखिएको र जसरलाई कारमा दिइएको नेभिगेसनमार्फत पत्ता लगाउन सकिने कम्पनीले जनाएको छ । ग्राहकले आफूलाई पायक पर्ने फ्यूल स्टेसनको छनोट गरेपछि कारले स्वतः सो स्टेसनको लोकेसन पत्ता लगाउनेछ र त्यहाँ गएर इन्धन भर्न सकिनेछ ।

यसरी इन्धन भरेपछि कारमा दिइएको इन्फोटेन्मेन्टमार्फत नै बिलको भुक्तानी गर्न सकिनेछ । रकम भुक्तानी गरेको वारे सुचना माई स्कोडा एपमा आएपछि गाडीलाई आफ्नो गन्तव्यमा चलाउन सकिनेछ ।

सो नयाँ फिचरलाई स्कोडाले जर्मनीको फिनटेक कम्पनी मास्टरकार्ड, पार्कोपेडिया र आरवाईडीसंग सहकार्यगरी ल्याएको हो । सो सुविधा हालका लागी बेल्जियम, लक्जेम्वर्ग, जर्मनी, अष्ट्रिया, डेनमार्क र स्विजरल्यान्मा मात्र उपलब्ध गराईको छ ।

सम्बन्धित समाचारहरू

जिडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ प्रारम्भ

जिडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ प्रारम्भ

काठमाडौं – ग्रेटवाल मोटर्स (जिडब्लुएम) गाडीहरुको नेपालको लागि आधिकारिक...

काठमाडौंमा आइपुग्यो स्कोडा कुशाक, आगामी सातादेखि टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौंमा आइपुग्यो स्कोडा कुशाक, आगामी सातादेखि टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौं – स्कोडाको नयाँ एसयूभी कुशाक काठमाडौं आइपुगेको छ । नेपालका लागि...

म्याग्नाइट र कुशाकको सफलता, जसले अनिश्चित बनिसकेको ब्रान्डलाई बनायो स्थापित

म्याग्नाइट र कुशाकको सफलता, जसले अनिश्चित बनिसकेको ब्रान्डलाई बनायो स्थापित

नेपाली अटोबजारमा अहिले २ दर्जन बढी ब्रान्डका सवारीसाधन आयात भैरहेका छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...