स्कोडाको पहिलो इलेक्ट्रिक कार इनायकको भारतमा परिक्षण, नेपाल आउने संभावना कति ?

स्कोडाले सार्वजनिक गर्ने तयारी गरिरहेको पहिलो इलेक्ट्रिक कार इनायक आइभी परिक्षणका क्रममा भारतीय सडकमा देखापरेको छ । यो क्रसओभर एसयूभीलाई कम्पनीले अर्को वर्ष भारतीय बजारमा लन्च गर्ने योजना बनाएको छ । यो कार सार्वजनिक भएपछि यसले हुन्डाई आयोनिक ५ र किया इभी ६ लगायत मोडलसंग प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

यो एसयूभीलाई स्कोडाले फक्सावागनले प्रयोगमा ल्याएको एमइवी प्लेटफर्ममा निर्माण गरेको हो । जुन प्लेटफर्ममा फकसवागनले आइडी ४ र औडीले क्यू४ ई ट्रोन निर्माण गरिसकेको छ । यो नयाँ कार ४६४८ एमएम लामो, १८७७ एमएम चौडा र १६१६ एमएम अग्लो हुनेछ ।

तीनवटा व्याट्री प्याक अप्सनमा आउने यो कारको ५५ किलोवाट आवर व्याट्री प्याकले ३४० किलोमिटर, ६२ किलोवाट आवरको व्याट्री प्याकले ३९० किलोमिटर र ८२ किलोवाट आवर प्याकले ५१० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यो कारको मूल्य भारतमा ६० लाख भारु हारहारी पर्ने आँकलन गरिएको छ ।

भारतीय बजारमा लन्च भएपछि यो एसयूभी नेपाली बजारमा समेत भित्रिने अनुमान गर्न सकिन्छ । स्कोडालाई हाल एमएडव्लू इन्टरप्राइजेजले आयत गरी कारोबार गरिरहेको छ । स्कोडाले नेपाली बजारमा प्रतिस्पर्धात्मक मूल्यमा पाइने युरोपियन ब्रान्डको छवि कायम गरेको छ ।

सम्बन्धित समाचारहरू

फोटोन टीएम–१ को मूल्य २९ लाख ९९ हजार, यस्ता छन् विशेषता

फोटोन टीएम–१ को मूल्य २९ लाख ९९ हजार, यस्ता छन् विशेषता

काठमाडौं– फोटोन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि...

स्काइवेलले सुरु गर्यो नेपाल आउने ईटी–५ को उत्पादन

स्काइवेलले सुरु गर्यो नेपाल आउने ईटी–५ को उत्पादन

जी ईभीले नेपाल ल्याउन लागेको स्काइवेल ईटी–५ राइट ह्यान्ड ड्राइभमा उत्पादन...

जिली शाेरुम अब बुटवलमा, सोमार्जुन मोटर्स अधिकृत डिलर नियुक्त

जिली शाेरुम अब बुटवलमा, सोमार्जुन मोटर्स अधिकृत डिलर नियुक्त

बुटवल – नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...