५ वर्षसम्म स्थिर रहने ब्याजदरमा स्कोडा कार, ब्याजदर जम्मा ८.९९ प्रतिशत

काठमाडौं– स्कोडा कारको नेपालका लागि आधिकारिक वितरक एमएडब्वलु एक्सपान्जेले दशैं अफर ल्याएको छ । ‘स्कोडा फाइभ स्टार’ नामले आएको सो अफर अन्तर्गत स्कोडाको कुनैपनि मोडल खरिद गर्दा ग्राहकले ५ प्रकारका सुविधा पाउनेछन् ।

ग्राहकले फाइनान्स सुविधामा गाडी खरिद गर्दा ५ वर्षसम्म ब्याजदर स्थिर रहने सुविधा पाउनेछन् । यसरी गाडी खरिद गर्दा जम्मा ८.९९ प्रतिशत ब्याजदर लाग्नेछ । जुन अहिलेका लागि एकदमै न्यून दरको ब्याज हो ।

अन्य सुविधामा ग्राहकले इन्स्यूरेन्स र स्कोडा जेन्यूइन एसेसोरिज निशूल्क पाउनेछन् भने लोयल्टि बोनस समेत प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकले आफूसंग भएको जुनसुकै पुरानो मोडलको गाडीसंग स्कोडाको ब्रान्ड न्यू कारसंग एक्सचेन्ज गर्न पाउनेछन् ।

यूरोपेली कार ब्रान्ड स्कोडाको नेपाली बजारमा कुशाक र कोडियाक एसयुभी तथा सेडानमा स्लाभिया मोडल उपलब्ध रहँदै आएको छ । यी तीन मोडलमध्ये कुशाक निकै नै रुचाइएको मोडल हो भने स्लाभियालाई कम्पनीले हालैमात्र नेपाल ल्याएको हो । सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएका कारण यी कार सुरक्षित मानिन्छन् ।

सम्बन्धित समाचारहरू

डिजाइन र टेक्नोलोजी खोज्ने ग्राहकलाई चांगन उत्तम विकल्प बन्नसक्छ

डिजाइन र टेक्नोलोजी खोज्ने ग्राहकलाई चांगन उत्तम विकल्प बन्नसक्छ

नेपाली बजारमा चांगन ब्रान्ड छिट्टै नै भित्रिने क्रममा छ । यसै सन्दर्भमा...

स्कोडा अटो र फक्स्वागनलाई भारतमा १.४ बिलियन अमेरिकी डलर कर छलीको आरोप

स्कोडा अटो र फक्स्वागनलाई भारतमा १.४ बिलियन अमेरिकी डलर कर छलीको आरोप

भारत सरकारले १.४ बिलियन अमेरिकी डलर कर छली गरेको आरोपमा फक्सवागनलाई नोटिस...

३ ट्रिम र ५ कलरमा आउँदै छ स्कोडा कुशाक नेपालमा, यस्तो छ अनुमानित मूल्य

३ ट्रिम र ५ कलरमा आउँदै छ स्कोडा कुशाक नेपालमा, यस्तो छ अनुमानित मूल्य

काठमाडौं – एसयूभीको बढ्दो बजारलाई मध्यनजर गरी स्कोडाले आगामी जुलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...